२२ भदौ २०८३, सोमबार | September 7, 2026

प्रधानमन्त्रीद्धारा ओलीले देशवासीका नाममा सम्बोधन, देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नुभएको छ । उहाले सम्बोधन सुरु गर्दै आफ्नो स्वास्थ्यबाहेक जनस्वास्थ्यका विषयमा कुरा गर्ने बताउनुभयो । विश्वभर फैलिएको कोरोना भाइरसको जोखिमबाट मुक्त हुने अवस्थामा देश नरहेको बताउँदै यसबाट आफू चिन्तित रहेको बताउनुभयो ।

उहाले देशमा संक्रमण फैलिन नदिन, संक्रमितलाई उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । आफ्नो नेतृत्वमा ५ वटा बैठक बसेर यसबारे छलफल गरेको पनि उहाले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको घोषणा गर्नुभएको छ । तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाएका छैनन् ।

सरकारले देशैभर सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्रीले १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उल्लेख गरेका छन्, तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाउनु भएको छैन ।

त्यसैगरी, पर्सि ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा प्रधानमन्त्रीले गरेका छन् । अहिले १८ चैतसम्म त्यो घोषणा लागू हुनेछ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ३६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा