४ श्रावण २०८३, सोमबार | July 20, 2026

संकटको बेला कालोबजारी : बस्तु एक मूल्य अनेक



बुटवल । सरकारले कोरोनाको बहानामा कुनै पनि बस्तुमा कालोबजारी गरे कार्वाही गर्ने बताइरहदा उद्योगी व्यवशायीले भने कालोबजारी गर्न छाडेका छैनन् । उनीहरुले कोरोनाको कारण माग बढेसँगै बस्तुमा मूल्य बृद्धि गराई उत्पादित बस्तु बजारमा ल्याउन शुरु गरेका छन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेसँगै स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने बस्तु माग बढेर गएको छ । यस्तो अवस्थामा केही उद्योगी व्यवशायीले गलत तरिकाले उपयोग गरेका छन् ।

नियमन गर्ने निकायले अनुगमन नगर्दा बजारमा स्वास्थ्यका साथै खाद्यान्न र सपभोग्य बस्तुमा व्यवशायीले मनपरी गर्न थालेको उपभोक्ताको आरोप छ ।

एस सोप इन्डस्ट्जिले उत्पादन गरेको वाइएस हेण्ड सेनिटाइजर त्यसको एउटा उदाहरण हो । उक्त बस्तु हात सफाई गर्नका लागि प्रयोग गरिने बस्तु हो । उक्त कम्पनीले उत्पादन गरेको उक्त बस्तु एउटै परिमाण, एउटै उत्पादन मिति र एउटै कन्टेन भएपनि मूल्य भने दुई थरी छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ ठेगाना भई उत्पादन गरेको उक्त कम्पनीले एकै बस्तुको मूल्यमा ३० रुपियाँ फरक पारेको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा १ सय एमएलको हेण्ड सेनिटाइजरको मूल्य १९० र २१० भएको भेटिएको हो ।

उक्त सेनिटाइजरमा उत्पादन मिति २०२०।०३, भ्याद अबधि २०२३।०२ छ । त्यसैगरी त्यस बस्तुमा रहेको कन्टेनहरु पनि दुबैमा एउटै छ ।

तर उद्योगी व्यवशायीले भने त्यसरी कालोबजारी गर्ने जो सुकैलाई बचाउनका लागि साथ नदिने सार्वजनिक कार्यक्रममै प्रतिबद्दता जनाउँदै आएका छन् ।

यो समाचार बुटवल टुडेमा छापिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ५२ बजे

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीको आज विशेष छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा

पहिरोले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको