५ पुस २०८२, शनिबार | December 20, 2025

संकटको बेला कालोबजारी : बस्तु एक मूल्य अनेक



बुटवल । सरकारले कोरोनाको बहानामा कुनै पनि बस्तुमा कालोबजारी गरे कार्वाही गर्ने बताइरहदा उद्योगी व्यवशायीले भने कालोबजारी गर्न छाडेका छैनन् । उनीहरुले कोरोनाको कारण माग बढेसँगै बस्तुमा मूल्य बृद्धि गराई उत्पादित बस्तु बजारमा ल्याउन शुरु गरेका छन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेसँगै स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने बस्तु माग बढेर गएको छ । यस्तो अवस्थामा केही उद्योगी व्यवशायीले गलत तरिकाले उपयोग गरेका छन् ।

नियमन गर्ने निकायले अनुगमन नगर्दा बजारमा स्वास्थ्यका साथै खाद्यान्न र सपभोग्य बस्तुमा व्यवशायीले मनपरी गर्न थालेको उपभोक्ताको आरोप छ ।

एस सोप इन्डस्ट्जिले उत्पादन गरेको वाइएस हेण्ड सेनिटाइजर त्यसको एउटा उदाहरण हो । उक्त बस्तु हात सफाई गर्नका लागि प्रयोग गरिने बस्तु हो । उक्त कम्पनीले उत्पादन गरेको उक्त बस्तु एउटै परिमाण, एउटै उत्पादन मिति र एउटै कन्टेन भएपनि मूल्य भने दुई थरी छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १७ ठेगाना भई उत्पादन गरेको उक्त कम्पनीले एकै बस्तुको मूल्यमा ३० रुपियाँ फरक पारेको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा १ सय एमएलको हेण्ड सेनिटाइजरको मूल्य १९० र २१० भएको भेटिएको हो ।

उक्त सेनिटाइजरमा उत्पादन मिति २०२०।०३, भ्याद अबधि २०२३।०२ छ । त्यसैगरी त्यस बस्तुमा रहेको कन्टेनहरु पनि दुबैमा एउटै छ ।

तर उद्योगी व्यवशायीले भने त्यसरी कालोबजारी गर्ने जो सुकैलाई बचाउनका लागि साथ नदिने सार्वजनिक कार्यक्रममै प्रतिबद्दता जनाउँदै आएका छन् ।

यो समाचार बुटवल टुडेमा छापिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ५२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता