६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ११ हजार ४१७ पुग्यो



जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८६० जना सङक्रमित रहेको इटालीमा पाँच हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७४५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८९० जना सङक्रमित रहेका छन् ।

शनिबार प्राप्त समाचार अनुसार एक हजार ५८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १८० जना घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३५२ जना सङक्रमित रहेका छन् भने १४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ ।

कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १७७ जना, नेदरल्याण्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँचजनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन ‘जनता कर्फ्यु’ लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ ।

दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् ।

नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : १३ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार