५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाको संक्रमण नरोकिएपछि भारतमा ‘लक डाउन’



काठमाडौ । कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भारतले ‘लक डाउन’ गरेको छ । कोरोनाको संक्रमण देखिएका भारतका विभिन्न ७५ जिल्ला लक डाउन गरिएको छ । देशभरका मेट्रो सेवा मार्च ३१ सम्मका लागि बन्द गरिएको छ ।

उत्तराखण्डले मार्च ३१ सम्म सबै क्षेत्रमा लक डाउन गरेको छ । राजस्थान, पञ्जाबका राज्यमा पनि लक डाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

थप महामारी बढ्न नदिन भारतले अन्तर प्रदेश बस र रेल सेवा बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह मन्त्रालयका अनुसार, ३१ मार्चसम्म अन्तर बससेवा स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रुबाहक रेल सेवा बन्द गरिएको छ ।

भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् । कोरोना संक्रमणका कारण भारतमा ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५४ जना संक्रमित भएका छन ।

भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता