७ चैत्र २०८२, शनिबार | March 22, 2026

कोरोनाको संक्रमण नरोकिएपछि भारतमा ‘लक डाउन’



काठमाडौ । कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भारतले ‘लक डाउन’ गरेको छ । कोरोनाको संक्रमण देखिएका भारतका विभिन्न ७५ जिल्ला लक डाउन गरिएको छ । देशभरका मेट्रो सेवा मार्च ३१ सम्मका लागि बन्द गरिएको छ ।

उत्तराखण्डले मार्च ३१ सम्म सबै क्षेत्रमा लक डाउन गरेको छ । राजस्थान, पञ्जाबका राज्यमा पनि लक डाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

थप महामारी बढ्न नदिन भारतले अन्तर प्रदेश बस र रेल सेवा बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह मन्त्रालयका अनुसार, ३१ मार्चसम्म अन्तर बससेवा स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रुबाहक रेल सेवा बन्द गरिएको छ ।

भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् । कोरोना संक्रमणका कारण भारतमा ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५४ जना संक्रमित भएका छन ।

भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : १७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा