३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरना संक्रमण रोक्ने प्रदेश सरकारकोे योजनामा सहकार्य गर्ने निजी क्षेत्रको प्रतिवद्धता



बुटवल, । कोरना भाइरस (कोभिड १९) को प्रभावले सर्वसाधारणको दैनिक जिवनयापनमा समेत पर्ने सम्भावना ठानेर प्रदेश ५ सरकारले योजना सहित तयारी अगाडी बढाएको छ ।

सरकारले सर्वसाधारणको जिवनयापन लाई सहज बनाउन र सम्भावित आर्थिक संकटलाई ब्यवस्थापन गर्न ब्यवसायीक संघ संस्थाहरु संग छलफल छलफल अगाडी बढाएको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले आइतबार मन्त्रालयमा आयोजना गर्नुभएको रुपन्देहीमा रहेका निजी क्षेत्रका ब्यवसायीक संघ संस्थाका प्रतिनिधीहरु संगको छलफल कार्यक्रममा कोरनाको संम्भावित संक्रमण लाई रोक्न सबैको ध्यान आम समूदायको हितमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गिरीले यस्तो संकटको अवसर छोपेर अत्यावश्यक बस्तुहरुको कृतिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने कार्यलाई रोक्ने अभियानमा ब्यवसायीक संघसंस्थाहरुको नेतृत्व हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यो संकटमा ब्यवसायीहरुका पनि बैंक ब्याज र किस्ता समयमा बुझाउन नसक्ने, राजस्व तिर्ने समेत सहज वातावरण नहुने बिषयलाई आफुले मन्त्रिपरिषदको बैठकमा राख्ने र ब्यवसायीका समस्या केन्द्र सरकार समक्ष सिफरिस गर्ने बिषयमा आफुले पहल गर्ने बिश्वास दिलाउनुभयो ।

छलफलमा ब्यवसायीहरुले कोरनाको सक्रमण नियन्त्रणका लागि जनचेतना संगै नेपाल–भारत सिमामा कडाइ गर्न र स्वास्थ्य हेल्पडेक्स लाई प्रभावकारी बनाउन सुझाव समेत दिएका छन् । ब्यवसायीहरुले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएकालाई समयमै र निश्चित समय सम्म क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाउन प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

उनिहरुले कोरनाको त्रास र यसलाई नेपालमा भित्रन नदिने योजनामा निजी क्षेत्रले पनि सरकारका काममा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । उनिहरुले यसबाट आउने संकटबाट ब्यवसायीक क्षेत्र सबैभन्दा बढी मारमा पर्ने भएकाले सरकारले बैंकका ब्याज छुट, किस्ताको समय सिमा पछाडी सार्ने र घरभाडामा छुट दिलाउने जस्ता बिषयमा पहल गरिदिन अनुरोध गरेका छन् ।

बैठकमा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले कोरनाको संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका उद्योग, ब्यवसाय तत्काललै बन्द गरिनुपर्ने र सिमा नाका समेत कडाइका साथ बन्द गर्नुनै उचित हुने सुझाव दिनुभयो । पर्यटन ब्यवसायी माधव नेपालले निजी क्षेत्रका लागि बैककको ब्याज र किस्ताका बिषयमा सरकारले उचित कदम लिइदिन अनुरोध गर्नुभयो । उहाँले सबै ब्यवसायकि तथा सार्वजनिक क्षेत्रमा कडा निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले आवश्यकता अनुरुप सम्पुर्ण क्षेत्रमा पुर्णरुपमा बन्द(लक डाउन) गर्न आवश्यक भए तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो । सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद शर्माले अस्पताल पुगेका बिरामिलाई उपचारका काममा छिटो, सहज र सरल सेवा उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले उद्योगहरुमा कच्चा पदार्थ रहेपनि त्रासका कारण उद्योगहरु बन्दगर्नुपर्ने अवस्था देखिएकाले अत्यावश्यक बस्तुहरुको उचित ब्यवस्थापन गर्ने तर्फ ध्यान दिन सरकारलाई अनुरोध गर्नुभयो । नेपाल उद्योग ब्यापार संगठनका अध्यक्ष नारायण भण्डारीले बैंक किस्ताको सिमा सार्ने बिषयमा सरकारी तवरबाट राहत दिन अनुरोध गर्नुभयो ।

यस्तै प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विश्वभर फैलिएको कोभिड १९ को संक्रमणबाट बच्न कठोर स्वास्थ्य अनुशासन पालन गर्न अपिल गर्नुभएको छ । उहाँले आज जारी गर्नुभएको अपिलमा प्रचार, निर्देशन र घोषणाले मात्र कोरोना नियन्त्रण सम्भव नहुने जनाउदै विस्तृत र मसिनो योजना सहित गम्भिर तयारी गर्न सरकारी तथा गैरसरकारी निकायहरुलाई आग्रह गर्नुभएको छ ।

मन्त्री बरालले स्वास्थ्यकर्मीहरुलाई समेत यतिवेला मुलुकलाई स्वास्थ्यकर्मीहरुको योगदानको सर्वाधिक खाचो रहेको भन्दै उच्च मनोवल सहित कार्यक्षेत्रमा खट्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको