६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

भारत र चीनतर्फको नाका भोलिदेखि एक सातासम्‍म बन्द गर्ने सरकारको निर्णय



काठमाडौ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

बैठकले कम्तीमा एक सातालाई छिमेकी मुलुकसँगका सबै सीमा बिन्दुहरु बन्द गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना सं‌क्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ३२ बजे

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार