३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

भारत र चीनतर्फको नाका भोलिदेखि एक सातासम्‍म बन्द गर्ने सरकारको निर्णय



काठमाडौ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

बैठकले कम्तीमा एक सातालाई छिमेकी मुलुकसँगका सबै सीमा बिन्दुहरु बन्द गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना सं‌क्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ३२ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको