१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवल कोरोना विशेष(अस्थाई)अस्पतालमा भेन्टिलेटर सहित ५० बेड तयार, आवश्यक परे तत्कालै टेन्ट लगाइने



बुटवल । बुटवल उपमहानगरपालिकाले प्रतिकोरोना तयारीका कामलाई प्रभावकारी बनाएको भन्दै सर्वत्र प्रशंसा भएको छ । बुटवलले प्रतिकोरोना विशेष अस्पताल निर्माण गरेपछि यहाँका राजनीतिक दल, सामाजिक संघ–संस्था, निजी क्षेत्र, सुरक्षा निकाय, सञ्चारकर्मी र नागरिक अगुवाहरुले प्रशंसा गरेका छन् ।

बन्द अवस्थामा रहेको धागो कारखानामा बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा पहिलो चरणमा भेन्टिलेटरसहित ५० बेड तयार गरेको छ । एम्बुलेन्स तम्तयारीको अवस्थामा राखिएको छ । अलग–अलग शौचालय, स्नानागार, चिकित्सक कक्ष तयार भएका छन् ।

आवश्यक परेका खण्डमा थप टेन्ट लगाउने गरि तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाले जनाएको छ । बुटवलले तयार पारेको अस्पतालको ब्लूएचओका प्रतिनिधिले पनि निरीक्षण गरिसकेका छन् । यहाँका राजनीतिक दलहरुले पनि उपमहानगरपालिकाको कामको उच्च प्रसंशा गर्दै पूर्वतयारीका काममा सहकार्यको साझा प्रतिबद्धता जनाएका छन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष प्रविण पाठक, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, हाटबजार व्यवसायी संघका पूर्व अध्यक्ष भीमलाल ज्ञवालीलगायतले बुटवल उपमहानगरले सराहनीय काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

उनीहरुले बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस प्रकोपको पूर्वतयारी स्वरुप गरेको काममा आफुहरुले सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका छन् । बुटवलले छोंटो समयमै व्यवस्थित अस्पताल निर्माण गरेको, क्वारेन्टाइन्का लागि कोठा तयार पारेको र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखेको छ ।

अस्पताल सञ्चालन कार्यदलको अपिल

बुटवल प्रतिकोरोना आइसोलेसन विशेष अस्पताल समन्वय, सञ्चालन तथा व्यवस्थापन कार्यदलले अस्पताल निर्माणमा सहकार्य गर्नेहरुलाई आभार प्रकट गर्दै पूर्व तयारीका काममा सहकार्य जारी राख्न अपिल गरेको छ ।

संयोजक तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष एवम् कार्यदलका सह–संयोजक सूर्यबहादुर भट्टराईले सोमबार अपिल जारी गर्दै सतर्कत र सावधानी अपनाउन नगरबासीहरुमा आग्रह गर्नुभएको छ । उपचारको व्यवस्थापन मिलाउने तर्फ सबै संयन्त्रहरु तयारी अवस्थामा राखेको कार्यदलको अपिलमा उल्लेख छ ।

बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बिरामी नभेटिए पनि जोखिम उच्च रहेको भन्दै सावधानी अपनाएर स्वनियममा रहेमा जोखिम स्वतः कम हुने चिकित्सकहरुले बताउँदै आएका छन् ।

हरेक दिन दिउँसो ४ बजे प्रेस रिलिज हुने

बुटवल प्रतिकोरोना आइसोलेसन विशेष अस्पताल समन्वय, सञ्चालन तथा व्यवस्थापन कार्यदलले आपतकालीन अवस्था बाहेक हरेक दिनको आइसोलेसन कक्षको गतिविधि र विवरण दिनको ४ बजे सार्वजनिक गर्ने र त्यसका लागि आइसोलेसनका डा विष्णु गौतमले गर्नेगरि तालिका तय गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

डा सुदर्शन थापासहितका तीन विशेषज्ञसहित २० जना स्वास्थ्यकर्मी र प्राविधिकहरुले आइसोलेसन कक्षमा उपचार सेवा प्रदान गर्नेगरि व्यवस्थापन मिलाइएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले जानकारी दिनुभयो ।

आइसोलेसन अस्पताल निर्माणमा सहकार्य

बुटवलमा तयार भएको प्रतिकोरोना विशेष अस्पताल निर्माणका लागि बुटवल धागो कारखानाले दुई ठूला हल, दंगा प्रहरी गणले विरामी सुत्ने खाट, लुम्बिनी निर्माण व्यवसायी संघ बुटवलले अस्थायी शौचालय निर्माण, फेन्सी तथा रेडिमेड थोक व्यवसायी संघ रुपन्देहीले तकिया र ब्लाङ्केट, उद्योग व्यापार संगठनले बाल्टी र मगहरु, एशियन कंक्रिट प्रालि नवलपरासीले ब्लक टायल, निजी अस्पताल संघ प्रदेश ५ ले वेडसिट र म्याक्ट्रेस तथा नेपाली सेनाले टेन्ट निर्माणमा सहकार्य गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी श्रमज्योति क्लबले एम्बुलेस, आन्तरिक मामिला मन्त्रालयले जेनेरेटर उपलव्ध गराउन्दै प्रतिकोरोना पूर्वतयारीका काममा सहकार्य गरेको प्रमुख सुवेदीले बताउनुभयो ।

कार्यदलका संयोजक तथा उपमहानगरका प्रमुख सुवेदी र कार्यदलका सहसंयोजक तथा प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईले सोमबार विशेष समारोहबीच चापी हस्तान्तरण गर्दै एम्बुलेन्स सञ्चालनको प्रभावकारी व्यवस्थापन मिलाउन सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको थियो । लागि यहाँका निजी तथा सामुदायिक अस्पतालले यो काममा सहकार्य गरेका छन् । यस्तै औषधि व्यवसायीहरुले पनि विशेष अभियानमा सहकार्य गरेका छन् ।

दलहरुद्वारा सहकार्यको साझा प्रतिबद्धता

बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजी तथा सामुदायिक अस्पताल एवम् औषधि व्यवसायीसंगको सहकार्यमा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण गरेकोप्रति सराहना गर्दै यहाँका राजनीतिक दलहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । आइसोलेन अस्ताल परिसरमै खटिएका प्रमुख सुवेदीलाई भेट गर्दै राजनीतिक दलका नगरस्तरीय नेताहरुले महाविपत्तीको सामना गर्न आफुहरु सहकार्यका लागि तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

नेपाली कांग्रेसका नेता खेलराज पाण्डेको नेतृत्वमा गएका विभिन्न आठ दलका प्रतिनिधिहरुले प्रमुख सुवेदी, अस्पतालका अध्यक्ष भट्टराई, मेसु खना र फोकल पर्शन डा.थापालाई भेट गर्दै आफुहरु सहकार्यका लागि तयार रहेको बताएका थिए ।

डब्लूएचओका प्रतिनिधिद्वारा निरीक्षण

यसैबीच बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण भएको आइसोलेशन अस्पतालको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले निरीक्षण गरेका छन् । उक्त संगठनका प्रतिनिधि डा.श्रूति नेपालको टोलीले आइतबार अपरान्ह आइसोलक कक्षको निरीक्षण गर्दै उपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।

क्वारेन्टाईनका लागि सय कोठा तयार

बुटवलमा क्वारेन्टाइनका लागि हाल बिदा भएका र एसइइको केन्द्र समेत नतोकिएका सामुदायिक विद्यालयका करिब एक सय कोठाहरुलाई प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको छ ।

बुटवल उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणी खनालका अनुसार एक सय कोठालाई तयारी अवस्थामा राखिएको छ । ती स्थलमा उपयुक्त शौचालय, स्नानागार, भान्सा कोठादेखि उपयुक्त विस्तारासम्मको व्यवस्था मिलाउने काम भएको खनालले बताउनुभयो ।

चिकित्सकको सुझाव : जोगिनु नै उत्तम उपाय

कोरोनाको संक्रमणबाट बच्नका लागि माक्सको प्रयोग गर्ने, भिडभाड भएको स्थानमा नजाने, बारम्बार साबुन पानीले हात धुने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, संक्रमणको लक्षण देखिए सेल्फ क्वारेन्टाइनमा बस्ने, सेनेटाइजरको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिएर नागरिक आफै जिम्मेवार बन्न सके कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

यस्ता कार्यमा सरकारलाई मात्रै औला ठडयाउनुभन्दा हामी सवै समयमै सचेत र सजग हुन जरुरी छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ०६ बजे

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : एमेच्योर सदभाव बने च्याम्पियन, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ