४ श्रावण २०८३, सोमबार | July 21, 2026

मुख्यमन्त्री पोखरेलद्वारा बुटवल कोरोना विशेष(अस्थाई)अस्पतालको निरीक्षण



बुटवल । बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण भएको बुटवल कोरोना विशेष(अस्थाई)अस्पतालको मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गर्नुभएको छ ।

त्यसक्रममा उहाँले अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापनका बारेमा चासो राख्नुभएको थियो । मुख्यमन्त्रीले सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउन र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मुख्यमन्त्रीसहित प्रदेश सरकारका स्वास्थ्य निर्देशक, विशेषज्ञहरु र प्राविधिकहरुले पनि निरीक्षण गर्नुभएको थियो । त्यसक्रममा बुटवलका प्रमुख तथा आइसोलेसन अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका संयोजक शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष तथा कार्यदलका सह–संयोजक सूर्यबहादुर भट्टराईले अस्पताल निर्माणका चरणका बारेमा जानकारी गराउनुभएको थियो ।

यसअघि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले पनि आइसोलेसन अस्पतालको निरीक्षण गरेका थिए । उक्त संगठनका प्रतिनिधि डा.श्रूति नेपालको टोलीले आइतबार अपरान्ह आइसोलक कक्षको निरीक्षण गर्दै उपयुक्त रहेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ३७ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा