१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोनाले गलाउँदै अमेरिका, एकै दिन १० हजार संक्रमित २ सयजनाको मृत्यु



भर्जिनिया । मंगलबार विश्वमा सबैभन्दा बढी कोराना भारइरसका संक्रमित अमेरिकामा देखिएका छन् । यो समाचार तयार पार्दासम्म मंगलबार एकै दिन मात्र ९ हजार २ सय ७९ जना नयाँ संक्रमित भेटिएका छन् भने १ सय ९९ जनाको मृत्यु भएको छ ।

यो तथ्याङ्क सँगै हालसम्म अमेरिकामा ५३ हजार ६ सय ६६ जना संक्रमित भएका छन् भने ७ सय ९२ जनाको मृत्यु भई सकेको छ, तर निको भएर अस्पतालबाट घर फर्किनेको संख्याभने निकै न्यून रहेको छ ।

मंगलबारमात्रै जम्मा १५ जना निको भई घर फर्किएकाछन् भने हालसम्म जम्मा ३ सय ४८ जना निको भएको तथ्याङ्क छ ।

उक्त तथ्याङ्क अनुसार विश्वव्यापी रुपमा चाइनामा हालसम्म ८१ ह्जार २ सय १८ जना संक्रमित ३ हजार २ सय ८१ जनाको मृत्यु भएकोछ भने ७३ हजार ६ सय ५० जना निकोभएर घर फर्किएका छन् । त्यस्तै गरी इटलीमा ६९ हजार १ सय ७६ जना संक्रमित, ६ हजार ८ सय २० जनाको मृत्युभएको छ भने ८ हजार ३ सय २६ जना निको भएको तथ्याङ्क सार्वजनिक भएकोछ ।

यस तथ्याङ्क अनुसार विश्वव्यापी रुपमा फैलिएको यो महामारिले अमेरिकालाई बढ्दो रुपमा क्षति व्यहोर्ने मुलुकको रुपमा दर्जित गर्दैछ । एकै दिनमा दशौंहजार व्यक्तिमा संक्रमण फैलिनु भनेको अबको केहि दिनमा इटलीको भन्दा पनि बढी क्षती हुने संकेत रहेको छ ।

यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै अमेरिकी सरकारले केही राज्यमा लकडाउन गरेपनि अधिकांश राज्यभने आंशिक मात्रै लगडाउन भएकाछन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ३८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्