२१ माघ २०८२, बुधबार | February 4, 2026

कोरोनाले गलाउँदै अमेरिका, एकै दिन १० हजार संक्रमित २ सयजनाको मृत्यु



भर्जिनिया । मंगलबार विश्वमा सबैभन्दा बढी कोराना भारइरसका संक्रमित अमेरिकामा देखिएका छन् । यो समाचार तयार पार्दासम्म मंगलबार एकै दिन मात्र ९ हजार २ सय ७९ जना नयाँ संक्रमित भेटिएका छन् भने १ सय ९९ जनाको मृत्यु भएको छ ।

यो तथ्याङ्क सँगै हालसम्म अमेरिकामा ५३ हजार ६ सय ६६ जना संक्रमित भएका छन् भने ७ सय ९२ जनाको मृत्यु भई सकेको छ, तर निको भएर अस्पतालबाट घर फर्किनेको संख्याभने निकै न्यून रहेको छ ।

मंगलबारमात्रै जम्मा १५ जना निको भई घर फर्किएकाछन् भने हालसम्म जम्मा ३ सय ४८ जना निको भएको तथ्याङ्क छ ।

उक्त तथ्याङ्क अनुसार विश्वव्यापी रुपमा चाइनामा हालसम्म ८१ ह्जार २ सय १८ जना संक्रमित ३ हजार २ सय ८१ जनाको मृत्यु भएकोछ भने ७३ हजार ६ सय ५० जना निकोभएर घर फर्किएका छन् । त्यस्तै गरी इटलीमा ६९ हजार १ सय ७६ जना संक्रमित, ६ हजार ८ सय २० जनाको मृत्युभएको छ भने ८ हजार ३ सय २६ जना निको भएको तथ्याङ्क सार्वजनिक भएकोछ ।

यस तथ्याङ्क अनुसार विश्वव्यापी रुपमा फैलिएको यो महामारिले अमेरिकालाई बढ्दो रुपमा क्षति व्यहोर्ने मुलुकको रुपमा दर्जित गर्दैछ । एकै दिनमा दशौंहजार व्यक्तिमा संक्रमण फैलिनु भनेको अबको केहि दिनमा इटलीको भन्दा पनि बढी क्षती हुने संकेत रहेको छ ।

यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै अमेरिकी सरकारले केही राज्यमा लकडाउन गरेपनि अधिकांश राज्यभने आंशिक मात्रै लगडाउन भएकाछन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ९ : ३८ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल