९ भदौ २०८३, मंगलबार | August 25, 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो, स्पेन, इटली र अमेरिकामा मृत्युदर ह्वात्तै बढ्यो



काठमाडौ । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कारोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दो छ । पछिल्लो समय अमेरिका, स्पेन र इटलीमा मृत्युदर ह्वात्तै बढेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २४ हजार ६५ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ लाख ३१ हजार ६ सय ३० जना पुगेको छ । कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २४ हजार ६५ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमणबाट सवैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । बिश्व बैंकको तथ्यांकअनुसार कोरोना उदगमस्थल चीन तेस्रो नम्बरमा रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ । इटलीमा अहिलेसम्म ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ७ सय १२ जनाको ज्यान गएको छ भने स्पेनमा ७ सय १८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।

त्यसैगरी इरानमा २ हजार २ सय ३४ जना, फ्रान्समा १ हजार ६ सय ९६ जना, अमेरिकामा १ हजार २ सय ९३ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बेलायतमा ५ सय ७८ जना नेदरल्यान्ड्समा ४ सय ३४ जना, जर्मनीमा २ सय ६७ जना र बेल्जियममा २ सय २० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ३० बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै