५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो, स्पेन, इटली र अमेरिकामा मृत्युदर ह्वात्तै बढ्यो



काठमाडौ । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कारोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दो छ । पछिल्लो समय अमेरिका, स्पेन र इटलीमा मृत्युदर ह्वात्तै बढेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २४ हजार ६५ जनाको मृत्यु भएको छ ।

यस्तै कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ लाख ३१ हजार ६ सय ३० जना पुगेको छ । कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २४ हजार ६५ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमणबाट सवैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । बिश्व बैंकको तथ्यांकअनुसार कोरोना उदगमस्थल चीन तेस्रो नम्बरमा रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ । इटलीमा अहिलेसम्म ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ७ सय १२ जनाको ज्यान गएको छ भने स्पेनमा ७ सय १८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।

त्यसैगरी इरानमा २ हजार २ सय ३४ जना, फ्रान्समा १ हजार ६ सय ९६ जना, अमेरिकामा १ हजार २ सय ९३ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बेलायतमा ५ सय ७८ जना नेदरल्यान्ड्समा ४ सय ३४ जना, जर्मनीमा २ सय ६७ जना र बेल्जियममा २ सय २० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : ३० बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले