९ भदौ २०८३, मंगलबार | August 25, 2026

कोरोना भावी पिढीका लागि समेत घातक, पुरुषमा नपुंकसकता बढाउन सक्छ



एजेन्सी । कोरोना भाईरस यो पिढीका लागि मात्रै हैन, आगामी पिढीका लगि पनि घातक सिद्ध हुने देखिएको छ । यो भाईरसले पुरुषको यौन हार्मोनमा नकारात्मक असर गरेकाले यस्तो अवस्था आउने अनुशन्धानकर्ताहरुले बताएका छन । चीनको बुहान युनिभर्सीटीले खुलासा गरे अनुसार कोरोना भाईरसले पुरुषहरुमा नपुंकसकता बढाउने निश्चित देखिएको छ । कोरोना भाईरसले पुरुषको अण्डकोषमा आक्रमण गर्छ । यही कारणले पुरुषहरुमा यौन उत्तेजनामा कमी आउन सक्छ ।

बुहान युनिभर्सिटीको झान्गनान अस्पतालमा गरिएको अध्ययनको यो रिपोर्ट medrxiv.org मा प्रकाशित भएको छ । झान्गान अस्पतालले यो अध्ययन कोरोना भाईरसका ८१ जना पुरुष विरामीहरुमा गरेको थियो । यो अध्ययनमा सहभागी गराईएका कोरोना भाईरस पीडित ८१ जना पुरुषहरु २० देखि ५४ बर्ष उमेरका थिए । यो अध्ययनमा झानगान अस्पताललाई सहयोग गर्न हुबेई क्लिनिकल रिसर्च सेन्टर फर प्रीनेटर डायग्नोसिस एण्ड बर्थ हेल्थका बैज्ञानिकहरु पनि सहभागी भएका थिए ।

अध्ययनमा सहभागी गराईएका सबै विरामीहरु झान्गान अस्पतालमा जनवरी महिनामा भर्ना भएका थिए । यी सबै पुरुष विरामीहरु कोरोना भाइरसबाट मुक्त भई निको हुनै लागेका बेला उनीहरुको यौन हार्मोनको परिक्षण गरिएको थियो । यो परिक्षण रोगमुक्त हुन केही समय अघि मात्रै गर्न सकिन्छ । झानगान अस्पतालका डाक्टरहरुको टिमले यी विरामीहरुको शरिरमा टेस्टोस्टेरान र ल्युटीनाईसिंग हार्मोनको अनुपातमा गडबडी भएको पाएका थिए । यसलाई T/LH अनुपात भनिन्छ ।

यदी T/LH अनुपात विग्रियो भने पुरुषको अण्डकोषले काम गर्दैन । उनीहरुमा विर्य बन्ने प्रकृयामा पनि कमी आउँछ भने बन्द हुन पनि सक्छ । संगसंगै यौन हार्मोनमा पनि कमी आउँछ । अध्ययन गरिएका पुरुषहरुको T/LH अनुपात ०.७४ थियो । यो भनेको सामान्य स्तरमा आधा भन्दा पनि कम हो । चिकित्सकहरुले यसलाई अत्यन्तै चिन्ताजनक स्थिति भनेका छन । यसबाट आउँदो पिढीका लागि समेत खतरा उत्पन्न हुनसक्छ । टेस्टोस्टेरान हार्मोन पुरुषको मुख्य हार्मोन हो । यसले अण्डकोष, मांसपेशी, हड्डी र कपालको विकासमा सहयोग गर्छ ।

ल्युटीनाईसिंग हार्मोन पुरुष र महिला दुवैमा हुन्छ । यसले पुरुष र महिलामा यौन उत्तेजना उत्पन्न गराउँछ । यो अध्ययन अनुसार कोरोना भाईरसले पुरुषहरुमा यौन उत्तेजना नष्ट गर्दै जान्छ । चिकित्सकीय भाषामा यो समस्यालाई ईरेक्टाईल डिसफंक्सन भनिन्छ । यो समस्या भएका पुरुषहरुको छाती झोल्लिन्छ । डाक्टरहरुका अनुसार यौन उत्तेजना कम हुने सुरुवाती अवस्थामा उपचार गर्न सकिन्छ, तर जटिल अवस्थामा पुगपछि उपचार असम्भव जस्तै हुन्छ । अर्थात कोरोना पीडित हार्मोनको उपचार हुन्छ तर T/LH अनुपात ०.८७ भन्दा माथी हुनुपर्छ ।

बुहानको टोंगजी अस्पतालका रिप्रोडक्टिभ मेडिसिन विभागका प्रोफेसर लि युफेंगले भने, ‘कोरोना भाईरसले पुरुषको अण्डकोषमा क्षति पुर्याउने र निस्कृय बनाउने समस्या बारे मैले धेरै पहिलेदेखि नै अध्ययन गरेको थिएं । यद्यपी यो अध्ययन निकै सानो समुहमा गरिएको थियो ।’ झानगान अस्पतालका बैज्ञानिकहरुले यस बारे ठूलो संख्यामा अध्ययन गर्न चाहेका छन । बृहत अध्ययनबाट सहि निचोड आउने बैज्ञानिकहरुको मत छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ३५ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै