८ चैत्र २०८२, आइतबार | March 22, 2026

२०० जना यात्रु बोकेका नौवटा ट्रक गजुरीमा नियन्त्रण



धादिङ । लकडाउनको उल्लंघन गर्दै मालबाहक ट्रकले मानिस ओसारपसार गरेको पाइएको छ । ट्रकभित्र त्रिपालले छोपिएर काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेका २०० जनालाई गजुरीमा शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएपछि उक्त खुलासा भएको हो ।

शुक्रबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नौवटा मालवाहक ट्रक त्रिपालले ढाकेर आएको पाइएपछि शंका लागेर खोजतलास गर्दा यात्रु भेटिएको हो ।

ती ट्रकमा २०० जना यात्रु पाइएको थियो । ती सबै ट्रक र यात्रुहरुलाई नियन्त्रणमा लिई काठमाडौं नै फर्काइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

ती ट्रकमा बारा, पर्सा र रौतहटका सर्वसाधरणका साथै भारतीय नागरिकहरु ट्रकमा रहेको प्रहरीले बताएको छ । यात्रुहरुले आफुहरु काठमाडौंमा दैनिक ज्याला मजदुरी गरेर बाँच्दै आएकामा लकडाउनपछि काम गर्न नपाएर खान नपाउने अवस्था बनेकाले घर फर्कन लागेको बताएका थिए । उनीहरुले आफुहरुलाई छाडिदिन प्रहरीसँग आग्रह गरेका थिए ।

लकडाउनको समयमा समूह बनाएर एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने भएकाले उनीहरु जहाँबाट आएका हुन सोही स्थानमा फर्काएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ४६ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा