१ कार्तिक २०८३, शनिबार | October 17, 2026

ब्रेकिङ : कारोनाको आंशकामा बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा राखिएका व्यक्तिको मृत्यु



बुटवल । कोरोना भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ ।

कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा क्वारेन्टाईन बसेका ३३ बर्षीय व्यक्तिको मृत्यु भएको कोरोना विशेष अस्पतालका सुचना अधिकृत डाक्टर बिष्णु गौतमले पुष्टी गर्नुभएको छ ।

रुपन्देही सैनामैना नगरपालिका ४ सिसौडाडाका व्यक्तिको मृत्यु भएको हो । चैत्र ६ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते  बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा ल्याइ क्वारेन्टाईन राखिएको थियो ।

अस्पतालले आज मात्र उनको स्वाव परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाण्डौ पठाएको थियो । कोरोना भाइरसकै कारण मृत्यु भएको भने उनको रिपोर्ट आएपछि मात्र भन्न सकिने डाक्टर गौतमले बताउनुभयो ।

आज बिहानबाट सिकिस्त भएपछि उनलाई आईसियुमा लैजान अस्पतालले आफन्त बोलाएको थियो । तर आफन्त अस्पताल नपुग्दै उनको मृत्यु भएको बताईएको छ । उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने समेत लुम्बिनी प्रादेशीक अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ०३ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ