४ श्रावण २०८३, सोमबार | July 21, 2026

ब्रेकिङ : कारोनाको आंशकामा बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा राखिएका व्यक्तिको मृत्यु



बुटवल । कोरोना भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ ।

कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा क्वारेन्टाईन बसेका ३३ बर्षीय व्यक्तिको मृत्यु भएको कोरोना विशेष अस्पतालका सुचना अधिकृत डाक्टर बिष्णु गौतमले पुष्टी गर्नुभएको छ ।

रुपन्देही सैनामैना नगरपालिका ४ सिसौडाडाका व्यक्तिको मृत्यु भएको हो । चैत्र ६ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते  बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा ल्याइ क्वारेन्टाईन राखिएको थियो ।

अस्पतालले आज मात्र उनको स्वाव परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाण्डौ पठाएको थियो । कोरोना भाइरसकै कारण मृत्यु भएको भने उनको रिपोर्ट आएपछि मात्र भन्न सकिने डाक्टर गौतमले बताउनुभयो ।

आज बिहानबाट सिकिस्त भएपछि उनलाई आईसियुमा लैजान अस्पतालले आफन्त बोलाएको थियो । तर आफन्त अस्पताल नपुग्दै उनको मृत्यु भएको बताईएको छ । उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने समेत लुम्बिनी प्रादेशीक अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ३ : ०३ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा