२० आश्विन २०८३, मंगलबार | October 6, 2026

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा निधन भएको व्यक्तिलाइ कोरोना नभएको पुष्टि



बुटवल । आईतवार (हिजाे) बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा क्वारेन्टाईन बसेका ३३ बर्षिय बाबुराम थापा क्षेत्रीको रिपोर्ट नेगेटिभ देखिएको छ ।

रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राती दुबईबाट रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ सिसौडांडा स्थीत भाडामा बस्दै आएको घरमा पुगेका थिए । दुबईबाट आउंदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आईसकेपछि पनि मेडिकल स्वास्थ्यचौकी हुंदै चैत्र १३ गते बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा पुगेका थिए ।

सैनामैना मूर्गियादेखि विद्युतिय रिक्सामार्फत आईसोलेसन अस्पतालमा पुगेका उनलाई १३ गते सांझ नै भर्ना गरि राखिएको थियो । अस्पतालमा गएपनि ज्वरो आउने र स्वासफेर्न गाह्रो भईरहेको अवस्थामा उनको आईतवार विहान करिब ११ बजेतिर मृत्यु भएको थियो ।

उनको मृत्युको कारण भने खुलेको छैन परिवारलाई सब बुझाउने तयारी गरिएको कोरोना बिशेष अस्पतालका सुचना अधिकारी डा. बिष्णु गौतमले बताउनुभयो ।

१३ गते अस्पताल पुगेपनि उनको स्वावभने १६ गते विहान मात्र परिक्षणको लागि काठमाण्डौ पठाईएकोमा सोमबार रिपोर्टमा कोरोना नेगेटिभ देखिएको अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

मृतक क्षेत्रीको स्वावको पहिलो परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि दोश्रो परिक्षण गरिएकोमा दोश्रो रिपोर्टमा पनि कोरोना नेगेटिभ देखिएको डा. गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : ०० बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह