१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा निधन भएको व्यक्तिलाइ कोरोना नभएको पुष्टि



बुटवल । आईतवार (हिजाे) बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा क्वारेन्टाईन बसेका ३३ बर्षिय बाबुराम थापा क्षेत्रीको रिपोर्ट नेगेटिभ देखिएको छ ।

रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राती दुबईबाट रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ सिसौडांडा स्थीत भाडामा बस्दै आएको घरमा पुगेका थिए । दुबईबाट आउंदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आईसकेपछि पनि मेडिकल स्वास्थ्यचौकी हुंदै चैत्र १३ गते बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा पुगेका थिए ।

सैनामैना मूर्गियादेखि विद्युतिय रिक्सामार्फत आईसोलेसन अस्पतालमा पुगेका उनलाई १३ गते सांझ नै भर्ना गरि राखिएको थियो । अस्पतालमा गएपनि ज्वरो आउने र स्वासफेर्न गाह्रो भईरहेको अवस्थामा उनको आईतवार विहान करिब ११ बजेतिर मृत्यु भएको थियो ।

उनको मृत्युको कारण भने खुलेको छैन परिवारलाई सब बुझाउने तयारी गरिएको कोरोना बिशेष अस्पतालका सुचना अधिकारी डा. बिष्णु गौतमले बताउनुभयो ।

१३ गते अस्पताल पुगेपनि उनको स्वावभने १६ गते विहान मात्र परिक्षणको लागि काठमाण्डौ पठाईएकोमा सोमबार रिपोर्टमा कोरोना नेगेटिभ देखिएको अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

मृतक क्षेत्रीको स्वावको पहिलो परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि दोश्रो परिक्षण गरिएकोमा दोश्रो रिपोर्टमा पनि कोरोना नेगेटिभ देखिएको डा. गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : ०० बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को