५ चैत्र २०८२, बिहिबार | March 19, 2026

महाकालीपारि अलपत्र परेका नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्ने



दार्चुला । दार्चुलाको भारतीय सीमावर्ती क्षेत्र धार्चुलामा अलपत्र परेका नेपालीहरुको व्यवस्थापन भारतीय पक्षले गर्ने भएको छ ।

नेपालमा रहेको भारतीयहरुको नेपालले र भारतमा रहेका नेपालीहरुको भारत सरकारले व्यवस्था गर्ने सहमतिअनुसार धार्चुला क्षेत्रमा रहेका करिब ५०० नेपाली नागरिकलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने भएको हो ।

नेपाल र भारतमा लकडाउनको अवधि पुरा नभएसम्म वा नेपाल र भारत सरकारबीच अर्को सहमति नभएसम्म नेपालीहरुलाई भारतमै क्वारेन्टाइनमा राखिने भारतको धार्चुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लले बताउनुभयो ।

दार्चुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीहरुलाई पाँच ठाउँमा राखिने छ । धार्चुला क्षेत्रमा रहेको मिनि स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौसाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीहरुको व्यवस्थापन गरिने उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले बताउनुभयो । आज भने मिनि स्टेडियम, गलाती र महाकाली नदी किनारमा बनेको गौसालामा नेपालीहरुलाई राखिने छ ।

उपजिल्ला अधिकारी शुक्लले नेपाल सरकारका प्रतिनिधिहरुलाई पटकपटक नेपालीहरुलाई आफ्नो देश लैजान आग्रह गर्दा पनि नसुनेको बताउनुभएको छ । यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नागरिकहरुले लक डाउनको अर्थ नबुझेर वा पुल खुल्दै छ भन्ने हल्लाका पछाडि लागेर दार्चुलामा जम्मा भएको बताउनुभयो । उहाले नागरिकहरुलाई संयमित भएर घरमा बस्न आग्रह गर्नुभएको छ ।

भारतीय क्षेत्रमा मजदुरी गर्न गएका नेपालीहरुले पनि जहाँ छ त्यही बस्नु पर्ने र उनीहरुको व्यवस्था भारत सरकारले गर्ने प्रजिअ पौडेल बताउँछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ०९ बजे

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।