२० मंसिर २०८२, शनिबार | December 7, 2025

महाकालीपारि अलपत्र परेका नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्ने



दार्चुला । दार्चुलाको भारतीय सीमावर्ती क्षेत्र धार्चुलामा अलपत्र परेका नेपालीहरुको व्यवस्थापन भारतीय पक्षले गर्ने भएको छ ।

नेपालमा रहेको भारतीयहरुको नेपालले र भारतमा रहेका नेपालीहरुको भारत सरकारले व्यवस्था गर्ने सहमतिअनुसार धार्चुला क्षेत्रमा रहेका करिब ५०० नेपाली नागरिकलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने भएको हो ।

नेपाल र भारतमा लकडाउनको अवधि पुरा नभएसम्म वा नेपाल र भारत सरकारबीच अर्को सहमति नभएसम्म नेपालीहरुलाई भारतमै क्वारेन्टाइनमा राखिने भारतको धार्चुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लले बताउनुभयो ।

दार्चुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीहरुलाई पाँच ठाउँमा राखिने छ । धार्चुला क्षेत्रमा रहेको मिनि स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौसाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीहरुको व्यवस्थापन गरिने उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले बताउनुभयो । आज भने मिनि स्टेडियम, गलाती र महाकाली नदी किनारमा बनेको गौसालामा नेपालीहरुलाई राखिने छ ।

उपजिल्ला अधिकारी शुक्लले नेपाल सरकारका प्रतिनिधिहरुलाई पटकपटक नेपालीहरुलाई आफ्नो देश लैजान आग्रह गर्दा पनि नसुनेको बताउनुभएको छ । यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नागरिकहरुले लक डाउनको अर्थ नबुझेर वा पुल खुल्दै छ भन्ने हल्लाका पछाडि लागेर दार्चुलामा जम्मा भएको बताउनुभयो । उहाले नागरिकहरुलाई संयमित भएर घरमा बस्न आग्रह गर्नुभएको छ ।

भारतीय क्षेत्रमा मजदुरी गर्न गएका नेपालीहरुले पनि जहाँ छ त्यही बस्नु पर्ने र उनीहरुको व्यवस्था भारत सरकारले गर्ने प्रजिअ पौडेल बताउँछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ०९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल