२४ मंसिर २०८०, आइतबार | December 11, 2023

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर



काठमाडौ । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा भन्दा दोब्बर भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सुरुवात चीनबाट भए पनि अब चीन भाइरसको सङ्क्रमण र मृत्यु नियन्त्रित गर्न विश्वका अरु देशका तुलनामा केही सफल भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्– यदि अमेरिका कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाखसम्म सीमित गर्न सके पनि ठूलो उपलब्धि हुनेछ ।

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६४ हजार दुई सय ५३ पुगेको छ । जबकि चीनमा ८१ हजार पाँच सय १८ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमणको आधारमा इटली दोस्रो नम्बरमा छ । इटलीमा सङ्क्रमित हुनेको सङ्ख्या एक लाख एक हजार सात सय ३९ पुगेको छ । तेस्रो नम्बरमा रहेको स्पेनमा सङ्क्रमितको सङ्ख्या ८७ हजार ९ सय ५६ पुगेको छ ।

चीनको वुहान शहरमा कोरोना भाइरसबाट एक जना नयाँ सङ्क्रमित थपिएका छन् । वुहानमा एक हप्ताभरि कुनै नयाँ सङ्क्रमति थपिएका थिएनन् । एक हप्ताको अन्तरालमा यो सङ्क्रमणको पहिलो घटना हो ।

तर गएको ३० मार्चमा चीनमा कुल ४८ जना नयाँ सङ्क्रमित थपिएका थिए । ती सबै जना विदेशबाट फर्किएका थिए । साथै चीनको हुबेई प्रान्तमा एक जनाको ज्यान गएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन हजार तीन सय पाँच जनाको ज्यान गइसकेको छ ।

साथै सङ्क्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन् । सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान शहरबाट कोरोना भाइरस फैलिन सुरु भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १२ : ४७ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक