१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

विश्व स्वास्थ्य संगठन (WHO)को चेतावनी : एसियामा महामारी नियन्त्रणमा आउन बाँकी



एजेन्सी । विश्व स्वास्थ्य संंगठन (WHO) ले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआएको भन्दै चेतावनी जारी गरेको छ ।

संगठनका क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका बिबिसीले जनाएको छ ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर लगायतका देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका भन्दै उनले अन्य देशले ती देशबाट शिक्षा लिनुपर्नेमा जोड दिएका छन् ।

चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणको अन्तिम अवस्थामा पुगेको भन्दै उनले ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : २२ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country