२ बैशाख २०८३, बुधबार | April 15, 2026

विश्व स्वास्थ्य संगठन (WHO)को चेतावनी : एसियामा महामारी नियन्त्रणमा आउन बाँकी



एजेन्सी । विश्व स्वास्थ्य संंगठन (WHO) ले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआएको भन्दै चेतावनी जारी गरेको छ ।

संगठनका क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका बिबिसीले जनाएको छ ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर लगायतका देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका भन्दै उनले अन्य देशले ती देशबाट शिक्षा लिनुपर्नेमा जोड दिएका छन् ।

चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणको अन्तिम अवस्थामा पुगेको भन्दै उनले ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : २२ बजे

आजदेखि देशभर आर्थिक गणना हुँदै

काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका

खुसीपूर्वक मनाइयो नयाँ वर्ष २०८३ को प्रथम दिन

काठमाडौँ । आज विक्रम संवत् २०८३ वैशाख १ गते नयाँ

प्रधानमन्त्री शाहले बुधबार सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

नेपालगन्ज । बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या ८००

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..

काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक