६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

काठमाडौं बाहिर दैनिक एक हजार जनाको कोभिड १९ जाँच हुने



काठमाडौ । काठमाडौ उपत्यका बाहिर अव दैनिक एक हजार जनाको कोरोना (कोभिड १९) जाँच हुने भएको छ ।

सरकारले तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नती गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्यावबाट जाँच सुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशको लागि आइतवार चीनबाट आएका प्रोटेवल ल्याव पठाउने तयारी गरेको छ ।

चीनबाट ल्याएको पाचँवटै प्रोटेवल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोविड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।

‘हामीले धरानबाट परीक्षण सुरु गरिसकेका छौ’ उहाले भन्नुभयो ‘अब स्थायी ल्याव सञ्चालन गर्न स्तरोन्नती गर्नुपर्ने ठाउँमा आइतवार ल्याइएका मेसिन पठाएर तत्कालै परीक्षण सुरु गर्छौ ।’ मेसिन गएसँगै अब उपत्यका बाहिरबाट दैनिक एक हजार जनासम्मको कोभिड १९ को जाँच हुनसक्ने उहाको भनाइ छ ।

खनालले उपत्यका बाहिर स्तरोन्नती गरी कोविड १९ परीक्षण गर्नसक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिनुभयो । मंगलबारबाट पोखरामा प्रोटेवल मेसिनबाट कोविड १९ जाँच सुरु गरिसकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले जाचँलाई तिव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको धनगढीबाट तत्काल प्रोटेपवल पिसिआरबाट जाँच सुरु गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ५८ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही