१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

काठमाडौं बाहिर दैनिक एक हजार जनाको कोभिड १९ जाँच हुने



काठमाडौ । काठमाडौ उपत्यका बाहिर अव दैनिक एक हजार जनाको कोरोना (कोभिड १९) जाँच हुने भएको छ ।

सरकारले तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नती गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्यावबाट जाँच सुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल सञ्चालन गर्नसक्ने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशको लागि आइतवार चीनबाट आएका प्रोटेवल ल्याव पठाउने तयारी गरेको छ ।

चीनबाट ल्याएको पाचँवटै प्रोटेवल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोविड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिनुभयो ।

‘हामीले धरानबाट परीक्षण सुरु गरिसकेका छौ’ उहाले भन्नुभयो ‘अब स्थायी ल्याव सञ्चालन गर्न स्तरोन्नती गर्नुपर्ने ठाउँमा आइतवार ल्याइएका मेसिन पठाएर तत्कालै परीक्षण सुरु गर्छौ ।’ मेसिन गएसँगै अब उपत्यका बाहिरबाट दैनिक एक हजार जनासम्मको कोभिड १९ को जाँच हुनसक्ने उहाको भनाइ छ ।

खनालले उपत्यका बाहिर स्तरोन्नती गरी कोविड १९ परीक्षण गर्नसक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिनुभयो । मंगलबारबाट पोखरामा प्रोटेवल मेसिनबाट कोविड १९ जाँच सुरु गरिसकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले जाचँलाई तिव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको धनगढीबाट तत्काल प्रोटेपवल पिसिआरबाट जाँच सुरु गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ५८ बजे

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना