२२ मंसिर २०८०, शुक्रबार | December 8, 2023

बुटवलमा ज्यालादारीमा जीविकोपार्जन गर्नेलाई राहत वितरण सुरु



बुटवल । बुटवलमा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीको लगत संकलन गरिएको छ । सोही संख्याका आधारमा उपमहानगरपालिकाले राहत प्याकेज समेत बनाएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार छ हजार पाँच सय घरपरिवार राहतका लागि सहयोगापेक्षी रहेको पाइएको छ । उनीहरुलाई घरघरमै वा टोलमा उपयुक्त विधिबाट राहत वितरण गरिनेछ । उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाले सिफारिस गरेका र वडा कार्यालयले प्रमाणीकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

अहिले संकलन भएर आएका संख्यामा छुट भएका भए पुनः सर्वेक्षण गरेर यकिन गर्न पनि दुई दिनको समय दिइएको छ । टोल विकास संस्था र वडाका जनप्रतिनिधिहरुले छुट भए नभएको फेरि यकिन गर्नेछन् । उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिकाको ५६ औं बैठकले राहतका लागि कार्यविधि समेत पारित गर्दै राहतको प्याकेज बनाएको प्रमुख सुवेदीले बताउनुभयो । उपमहानगरले राहत सामग्री वितरण कार्यविधि-२०७६ बनाउँदै व्यवस्थित रुपमा राहत वितरणको काम अगाडि बढाएको छ ।

अहिले संकलित तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नम्बर ११ मा रहेका छन् । जहाँ दुई हजार पाँच सय घरपरिवारले दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएको उपमहानगरपालिकाले जनाएको छ सबैभन्दा थोरै वडा नम्बर १८ मा एक सय घरपरिवार मात्रै रहेका छन् । यद्यपि यो संख्याको वास्तविकता भने फेरि जाँच गरिने भएको छ । दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने र अहिले लकडाउनको बेलामा काम बन्द भएर आपतमा परेका श्रमिकको परिवारलाई दस दिन पुग्ने अनुमान गर्दै १५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुन तत्कालै उपलब्ध गराउनेगरि कार्यविधि बनाएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । सोही आधारमा वडा नम्बर १५ मा वितरणका काम सुरु भएको छ ।

त्यहाँ पाँच सय घरपरिवार रहेको तथ्यांक संकलन भएको छ । उपमहानगरपालिकाले सहयोगार्थ राहत सामग्री प्रदान गर्न चाहनेहरुका लागिसमेत पायक पर्नेछ वडामा सम्पर्क गर्न सक्नेगरि अपील जारी गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । सहयोगापेक्षी आश्रम तथा संरक्षण केन्द्रलाई समेत राहत सामग्री उपलब्ध गराउने भन्दै प्राथमिकतामा राखेको र सोको समेत तथ्यांक संकलन गरेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

राहतमा जुट्न साझा अपिल बुटवल उपमहानगरपालिकाले स्थापना गरेको राष्ट्रिय बाणिज्य बैंक बुटवल खस्यौली शाखामा सञ्चालन गरेको बिपद् व्यवस्थापन कोषको खाता नम्बर ३१२०००००१३०६ मा रकम जम्मा गर्न सक्ने गरि सार्वजनिक अपील गरेको छ । कोषमा हाल ५० लाख बराबरको बजेट छ । भने ससाना पूर्वाधार निर्माण तथा मर्मत सम्भार र विपद् व्यवस्थापन शिर्षकमा प्रत्येक वडामा सिलिङ निर्धारण गरिएको छ । उक्त शिर्षकमा बचत रहेको बजेटसमेत राहतका काममा प्रयोग गरिने भएको छ ।

कुनैपनि सामाजिक संघसंस्था, नागरिक अगुवा, समाजसेवी जोसुकैले पनि यहीँ कोषमा रकम जम्मा गरि सहकार्य गर्न बुटवलले आह्वान गरेको छ । साथै प्रकोपको पूर्व तयारी स्वरूप कुनैपनि सहयोगीले जिन्सी सामान (चाँडै नसड्ने) पनि उपमहानगरपालिका मार्फत जम्मा गर्न सक्नेगरि व्यवस्था मिलाएको छ ।

बुटवल उपमहानगरपालिकाले वास्तविक सहयोगापेक्षीलाई प्रभावकारी रुपमा सहयोग हस्तान्तरण होस् भन्ने उद्देश्यले वडा कार्यालय र टोल बिकास संस्थाको समन्वयमा राहत वितरण गर्न अपील गरेको प्रमुख सुवेदीले बताउनुभयो ।

उपमहानगरपालिकाका बिपद् व्यवस्थापनका फोकल पर्सन तथा बरिस्ठ अधिकृत विजयदेव भुर्तेलसंग इमेल, सामाजिक सञ्जाल र टेलिफोनमार्फत (९८५७०२९०६६) सम्पर्क गर्न सक्नेगरि व्यवस्था मिलाइएको बताएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : २३ बजे

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved

एनसेल खरिदबिक्री विरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौं। एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले