३० भदौ २०८३, मंगलबार | September 15, 2026

कीर्तिपुरमा पार्किङमा राखिएको कारमा आगलागी, एकजनाको जलेको शव फेला



काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाँटमा पार्किङमा राखिएको एउटा निजी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब ११ः२० बजे बा ५ च ३०३८ नम्बरको निजी कारमा अचानक आगलागी भएको थियो। आगो निभाएपछि चालक सिटमा रहेका एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको कारण र मृतकको पहिचान खुलाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै आगलागीको कारण, मृत्युको प्रकृति र अन्य सम्भावित पक्षबारे अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १२ : ३५ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज