५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ढोरपाटन आवातजावतमा सास्ती



पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ ।

फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताए । निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम सुरु गरेपछि समस्या निम्तिएको हो ।

“पानी पर्नासाथ पहिरो खस्ने, सडक हिलाम्मे भएर यातायात अवरुद्ध हुने गरेको छ, वर्षायामभरि यो समस्या रहिरहने देखिएको छ”, वडाध्यक्ष घर्तीले भने, “यो बेलामा सडक खन्ने काम नै गलत भयो, हामीले भन्दाभन्दै पनि निर्माण कम्पनीले बेवास्ता गर्दा यो समस्या आएको हो ।”

बुर्तिबाङदेखि फल्लेघरसम्म २८ किमी सडक ग्राभेल भए पनि ढोरपाटन उपत्यका जोड्ने बाँकी तीन किमी खण्ड जीर्ण र अस्तव्यस्त छ । विसं २०६६ देखि निर्माण सुरु भएको सालझण्डी–ढोरपाटनअन्तर्गत बागलुङ खण्डको काम सुस्त गतिमा भइरहेको छ । समयमा सडक नबन्दा हरेक बर्खायाममा ढोरपाटनको यातायात सेवा प्रभावित हुने गरेको हो ।

ढोरपाटनका पर्यटन व्यवसायी शिवराज कँडेलले पर्यटकको चहलपहल हुने मुख्य याममै सडक बिग्रँदा व्यवसायीहरु चिन्तित रहेको बताए। “सडकले धेरै समस्या पारेको छ, यही कारणले गत वर्षभन्दा अहिले कम पर्यटक आइरहेका छन्”, उनले भने, “सडक, सञ्चारलगायतको असुविधाका कारण ढोरपाटनको पर्यटनलाई असर पुर्याइरहेको छ, यसमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।”

पछिल्लो समय पर्यटकले मनसुन पदयात्राका लागि ढोरपाटन क्षेत्रलाई रोज्ने गरेका छन् । यहाँको उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, भेँडीगोठ, लेकाली जनजीवन, वर्षात्मा हरियै देखिने डाँडापाखा आदि नियाल्न पर्यटकहरू यो याममा ढोरपाटन पुग्ने गर्छन् ।
रासस

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  २ : २४ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान