२० श्रावण २०८३, बुधबार | August 5, 2026

अस्पताल आएका बिरामीलाई उपचारको वातावरण बनाउन सञ्जालको आग्रह



बुटवल । रुपन्देहीमा कृयाशिल व्यबसायिक संस्थाहरुको सञ्जालले उपचारका लागि अस्पतालमा आउने बिरामीलाई वेवास्ता गरी उपचार हुन नसेकेको औंल्याउँदै उपचारको वातावरण बनाउन सरकारसंग आग्रह गरेको छ ।

सञ्जालको मंगलबार बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा बसेको बैठकले कोरोना भाईरस (कोभिड–१९) को महामारीको विषम परिस्थितीमा आम नागरिकको उपचारमा निरन्तरता दिने वातावरण बनाउन आग्रह गरेको हो ।

त्यस्तैगरी बैठकले भारतका बिभिन्न स्थानबाट स्वदेश फर्कि आएका नेपाली दाजुभाईलाई आवश्यक स्वास्थ्य परिक्षण गरि सम्बन्धित स्थानीय स्तरमा नै क्वारेन्टाईन वा होम क्वारेन्टाईनमा बस्ने व्यबस्था मिलाउन समेत प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले आवश्यक बस्तु ढुवानी सहजीकरणको लागि पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेलाई आवश्यक समन्वयको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी प्रदेश सरकार तथा स्थानीय तहमा स्थापित राहत कोषमा संघसंस्थाहरुले सक्दो आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बुटवल उद्योग बाणिज्य संघका प्रमुख कार्यकारी सचिव मदनकुमार कार्कीले जानकारी गराउनुभयो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा भएको सञ्जालको बैठकमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे, पश्चिम नेपाल बस व्यबसायी प्रा.ली.का अध्यक्ष दधिराम खरेल, साना तथा मझौला ढुवानी व्यबसायी समितिका अध्यक्ष लक्ष्मण क्षेत्री, नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, तिलोत्तमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, यातायात मजदुर तथा व्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फूल्लेल, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकाल, बुटवल उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, महासचिव दिनेशप्रसाद श्रेष्ठ, नीजि अस्पतालहरुको छाता संस्था एशोसियशन अफ प्राईभेट हेल्थ ईन्ष्टिच्युट नेपाल (अफिन)का प्रदेश अध्यक्ष रामप्रसाद खरेलको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ९ : ३१ बजे

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको

बीजक लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्री गर्दा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।