६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा नगरपालिकालाई दुइ हजार पिस माक्स र ५३ हजार ५ सय नगद सहयोग



तिलोत्तमा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण तिलोत्तमा नगरपालिकामा रहेका दैनिक ज्याला गर्ने तथा अति बिपन्न परिवारलाई

तिलोत्तमा नगरपालिकाले सहयोग गर्दै राहत वितरण गरेको अवस्थामा तिलोत्तमा चेम्बर अफ कमर्स(ब्यापार संघ)ले नगरपालिकाको सहयोगमा थप उर्जा थपेको छ ।

राहत कार्यमा थप सहयोग पुगोस् भन्ने उदेश्यका साथ् कमर्शले २ हजार थान मास्क र नगद रु.५३ हजार ५ सय नगरपालिकाको प्रकोप व्यवस्थापन विशेष कोषमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई संघका अध्यक्ष जे.पि कंडेलले मंगलबार सहयोग हस्तान्तरण गर्नु भएको थियोे । कमर्शले गरेको सहयोग प्रति नगरपालिकाको तर्फबाट नगरप्रमुख बासुदेव घिमिरेले खुल्ला हृदयले प्रशंशा गर्नुभएको थियो ।

स्वास्थ्यका हिसंबले चनाखो भै आयोजित एक कार्यक्रममा उप-मेयर जागेस्वरी देवि चौधरी, प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद शर्मा, नगर प्रवक्ता सुरेन्द्र श्री, संघका कानुनी सल्लाहकार खुमाकान्त पौडेल, कोषाध्यक्ष नेत्र प्रसाद न्यौपाने, कार्यालय प्रमुख रामु सापकोटाको उपस्थिति रहेको थियो ।

कमर्शले कोरोनाको चपेटामा परेका ब्यबसायीहरुको लागि केही दिन पहिला पनि घरभाडा छुट, बैंक व्याज, किस्ता समय थप गर्ने विषयमा निर्णय गरी ध्यानाकर्षण समेत गराएको थियोे ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ५९ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा