२० श्रावण २०८३, बुधबार | August 5, 2026

तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा नगरपालिकालाई दुइ हजार पिस माक्स र ५३ हजार ५ सय नगद सहयोग



तिलोत्तमा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण तिलोत्तमा नगरपालिकामा रहेका दैनिक ज्याला गर्ने तथा अति बिपन्न परिवारलाई

तिलोत्तमा नगरपालिकाले सहयोग गर्दै राहत वितरण गरेको अवस्थामा तिलोत्तमा चेम्बर अफ कमर्स(ब्यापार संघ)ले नगरपालिकाको सहयोगमा थप उर्जा थपेको छ ।

राहत कार्यमा थप सहयोग पुगोस् भन्ने उदेश्यका साथ् कमर्शले २ हजार थान मास्क र नगद रु.५३ हजार ५ सय नगरपालिकाको प्रकोप व्यवस्थापन विशेष कोषमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई संघका अध्यक्ष जे.पि कंडेलले मंगलबार सहयोग हस्तान्तरण गर्नु भएको थियोे । कमर्शले गरेको सहयोग प्रति नगरपालिकाको तर्फबाट नगरप्रमुख बासुदेव घिमिरेले खुल्ला हृदयले प्रशंशा गर्नुभएको थियो ।

स्वास्थ्यका हिसंबले चनाखो भै आयोजित एक कार्यक्रममा उप-मेयर जागेस्वरी देवि चौधरी, प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद शर्मा, नगर प्रवक्ता सुरेन्द्र श्री, संघका कानुनी सल्लाहकार खुमाकान्त पौडेल, कोषाध्यक्ष नेत्र प्रसाद न्यौपाने, कार्यालय प्रमुख रामु सापकोटाको उपस्थिति रहेको थियो ।

कमर्शले कोरोनाको चपेटामा परेका ब्यबसायीहरुको लागि केही दिन पहिला पनि घरभाडा छुट, बैंक व्याज, किस्ता समय थप गर्ने विषयमा निर्णय गरी ध्यानाकर्षण समेत गराएको थियोे ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ७ : ५९ बजे

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको

बीजक लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्री गर्दा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।