७ आश्विन २०८३, बुधबार | September 23, 2026

सरकारले लकडाउन खुकुलो बनाउँदै, अब ठूला आयोजना सञ्चालन गर्न दिइने



काठमाडौ । सरकारले लकडाउनलाई खुकुलो बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरि सञ्चालन गर्न दिने निर्णय गरे सँगै सरकारले लकडाउन खुकुलो बनाएको हो ।

अर्थमन्त्री तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले उद्योग भित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

उहाले अब तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योग भित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न सकिने बताउनुभयो ।

त्यसैगरी, हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अत्यावश्यक औषधी, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपुर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिईने भएको छ ।

यस्तै बैठकले नेपाल भारत सिमास्थित क्वारेन्टाईनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुबै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखेर मात्रै सिमा पार गर्न दिने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ ।

स्वास्थ्य सामाग्री खरिदका सम्बन्धमा संचारकर्मीले राखेको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहेको मन्त्री खतिवडाले खरिद प्रक्रियाबारे छलफल तथा अनुसन्धान हुने बताउनुभयो । उहाले जीटुजी मार्फत स्वास्थ्य सामाग्र किन्ने बारेमा पनि छलफल भईरहेको बताउनुभयो ।

उहाले भन्नुभयो, “स्वास्थ्य सामाग्री खरिदमा पहिलो कुरा त हुर्नु पर्यो के भएको छ भनी । हामी कसैले भनेको मात्रै कुराबाट प्रभावित नहोऔ । छलफल अनुसन्धान त हुन्छ नै त्यो भन्दा महत्वपुर्ण कुरा त सामाग्री आयो मान्छेको जीवन रक्षा भईरहेको छ । त्यसपछि मंहगो पर्यो कि सस्तो पर्यो । विधि पुग्यो कि पुगेन भनेर हेर्ने कुरा छँदैछ ।’

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ८ : ५२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज