५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लकडाउनका कारण सिद्धबाबाका बांदर भोकै, पौडेलले बाडे बांदरलाई बिस्कुट र चना (फोटो फिचर)



बुटवल । विश्व अहिले कोरोना भाइरसको माहामारीको चपेटामा परेको छ । कोराना भाइरस कोभिड १९ को प्रभावका कारण नेपाल पनि बिगत ९ दिन देखि लकडाउनमा छ ।

नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु नभएपनि सरकारले उच्च सर्तकता अपनाउदै लकडाउनको घोषणा गरेपछि यसको प्रभाव नागरिकहरुसंगै पशुपंछि र जङ्गली जनावरहरुमा समेत परेको छ । सरकारले घोषणा गरेको लकडाउन संगै रुपन्देहीमा रहेका पर्यटकिय स्थल, मठ मन्दिर, तथा पार्कहरु पनि बन्द भएका छन ।

यस क्षेत्र कै प्रसिद्ध धार्मिक तिर्थ स्थलको रुपमा रहेको सिद्घबाबा बन्द भए पछि यस क्षेत्रमा रहेका बादर, परेवा र पशुपंक्षीहरु बिगत ९ दिन देखि भोकै भएका छन । पुजापाठमा जाने धार्मिक पर्यटकहरुले चढाउने प्रसादमा निर्भर रहेका पशुपंक्षीहरुको दैनिकी अहिले समस्यामा परेको छ । लामो समयको लकडाउनको कारण धार्मिक पर्यटकहरुको आगमन शून्य छ ।

पर्यटक शुन्य हुदा मन्दिरमा रहेका बादर र परेवाहरु भोकै भएका हुन । यो मौसममा अहिले जंगलमा समेत खानेकुरा केही नहुने हुदा बादरहरु भोकै परेको सिद्धबाबा धाम विकास समितिका उपाध्यक्ष लक्ष्मण पोखरेलले दुखेसो गर्नुभयो । ‘परेवालाई धान खुवाएका छौ ।’– उहाले भन्नुभयो । बादरहरु जंगलमा खानेकुरा नपाउदा मन्दिर र घरतिर आउन लागेको उहाले बताउनुभयो ।

सिद्धबाबा क्षेत्रमा रहेका बादर र परेवाहरु भोकै रहेको थाहा पाएपछि बुटवलका समाजसेवी नरेश्वर पौडेल र सामाजिक अभियन्ता मुक्ति प्रसाद पौडेलले विहिबार सिद्धबाबा क्षेत्रमा रहेका बादर र परेवाहरुलाई बिस्कुट, चना तथा गहु खुवाउनुभएको छ ।

पाल्पा र बुटवल क्षेत्रमा रहेको दुई सिद्धबाबा मन्दिर धाममा आउने करिब दुइ सय भन्दाका बादरहरु र मन्दिरमा रहेका परेवाहरुलाइ खानेकुरा खुवाउनुभएको हो । बांच्न पाउने मानिसको मात्र नभएर पशुपंछीहरुको पनि भएको बताउंदै सामाजिक अभियन्ता मुक्ति राज पौडेलले पशु अधिकारको रक्षा गर्न आफुहरुले उनीहरुको लागि आहारको ब्यवस्था गरिएको बताउनुभयो ।

पौडेलले सिद्धबाबाका बांदर तथा परेवाहरु मन्दिरकै शान भएको बताउंदै बांदर र परेवा बिना सिद्धबाबाको सुन्दरताको कल्पना गर्न नसकिने बताउनुभयो । सिद्धबाबासंगै यस आसपासका मठ मन्दिरहरुमा लकडाउनका कारण पुजा आजा बन्द भएपछि परेवा तथा बांदरहरु समस्यामा परेकाछन् ।

फोटो फिचर

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ९ : ५२ बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल