१४ जेष्ठ २०८०, आइतबार | May 28, 2023

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो, १० लाख बढी सक्रमित



काठमाडौ । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार १ सय ६७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४४ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् ।

जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ । मृतकको संख्या भने इटलीमा धेरै छ । तर एकै दिनमा  फ्रान्समा  १ हजार ३५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ ।

इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा १० हजार ३ सय ४८  जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा विश्वरमा १० हजार मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ५५ बजे

संसदीय सुनुवाइ समिति गठन, कुन दलबाट को को परे ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित

काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन)

आर्थिक मन्दीको मारमा होटल ब्यवसायी, घरभाडा छुटको अपिल

बुटवल । आर्थिक समस्याको वर्तमान समयमा रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई

प्रधानमन्त्रीको भारत भ्रमणअघि चिनियाँ कम्पनीहरु विरुद्ध सरकार आक्रमक, तमोरबाट पावर चाइनालाई आउट गरिँदै

काठमाडौं । तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया

रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौं । सरकारले रेशमलाल चौधरीको बाँकी सजाँय मिनाहा गर्दै आममाफी