२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

रोटरी क्लब अफ तिनाउद्रारा प्रदेश सरकारलाइ सहयोग रकम हस्तान्तरण



बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि प्रदेश ५ सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

प्रदेश ५ सरकारले कोरोना भाईरस नियन्त्रण तथा उपचारको लागि स्थापना गरेको कोषमा क्लबले ६० हजार रुपैया सहयोग गरेको हो ।

क्लबका सदस्यहरुबाट संकलन गरिएको उक्त रकम क्लबका अध्यक्ष भगवती पाण्डे र सचिव अमृता भुसालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।

क्लबले प्रदान गरेको चेक ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले व्यवसायीक तथा सामाजिक संघसंस्था समाज र सरकारलाई जोड्ने अभिन्न अंग रहेकोले विपद्को समयमा सरकार र समाजलाई सहयोग गर्नु कर्तव्य भएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेललाई क्लबका अध्यक्ष भगवती पाण्डेले रोटरी क्लब अफ तिनाउ बुटवल नेपालका रोटरी क्लबहरुको विचमा एकमात्र सतप्रतिशत महिलामात्र सदस्य रहेको क्लब भएको जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ५१ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई