७ आश्विन २०८३, बुधबार | September 23, 2026

लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने



काठमाडौ । बालुवाटारमा वसेको मन्त्रीपरिषदको बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारले शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।

शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्नेबारे भने कुनै निर्णय लिएको छैन । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिनुभयो ।

आजै मन्त्रिपरिषदको बैठको निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने बताउनुभयो।

कोरोनाका थप संक्रमित भेटिएपछि सरकारले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : १४ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक