२१ माघ २०८२, बुधबार | February 4, 2026

एक व्यक्तिद्धारा नेपाल अपाङ आश्रमलाई नगद १ लाख २० हजार ३ सय रुपैया सहयोग



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ आश्रमलाई तिलोत्तमा एक व्यक्तिले नगद सहयोग गर्नुभएको छ ।

विगत २४ बर्ष देखि बेलायतमा रोजगारीको सिलसिलामा बस्दै आउनुभएको तिलोत्तमा नगरपालिका वडा नं. ८ का यदुलाल पौडेलले आश्रमलाई नगद १ लाख २० हजार ३ सय रुपैया सहयोग गर्नुभएको हो ।

दशैपछि बेलायत पुग्नुभएको उहाले त्यहाँ रहेका नेपालीहरु संग उठाएको रकम आश्रमलाई आईतबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । उक्त रकम आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई यदुलाल पौडेल र उहाका छोरा सुनिल पौडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

आश्रमको अवस्था देखेपछि बेलायतमा रहेका नेपालीहरुबाट रकम उठाएर आश्रमलाई सहयोग गर्न पाएकोमा उहाले आफु हर्षित भएको र आगामी दिनमा पनि अझ बढि सहयोग गर्ने बताउनुभयो ।

केही बर्ष अघि मणिग्रामको आत्मशान्ति अनाथ आश्रमलाई १ लाख ७७ हजार रुपैया सहयोग गरेका यदुलाल पौडेलले आश्रममा हस्तान्तरण गरेको रकम पारदर्शीताका साथ खर्च गर्न आग्रह समेत गर्नुभयो ।

आश्रममा अध्यक्ष डोल बहादुर रामदामले आश्रमलाई सहयोग गरेको रकम अक्षयकोषमा राख्ने बताउनुभयो । आश्रममा ३१ जना विभिन्न अपाङगता भएका बालबालिकाहरु रहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ४९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता