१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

महिलाको गोलि हानेर हत्या



काठमाडौ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।

उहाँको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “म घटनास्थलमा आफै खटिएको छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ ।”

भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली हानिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख महेन्द्र थापाले जानकारी दिनुभयो । गोली कसले हानेको भन्ने विषयमा अहिलेसम्म यकिन जानकारी नखुले पनि घरमा अरु कोही नभएको र उहाँका २२ वर्षीया श्रीमान् खड्क वन मात्रै भएकाले उहाँले नै हानेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्रपट्टीको कोठामा घटना भएको र सोही कोठाको एक कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृतक अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेका बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफू माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीको टोली घटनास्थल पुगी खड्क वनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको गएको फागुन १३ गते विवाह भएको खुल्न आएको प्रहरी प्रमुख देउवाले बताउनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ५० बजे

शुद्धोधन गाँउपालिका-७ का वडा अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृत घुस सहित अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन

एक दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई

नारायणगढ-बुटवल सडक विस्तारले गति लिँदै

काठमाडौं । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले

सुनचाँदी मुल्य : सुनको घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको