२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी



नयाँ दिल्ली । एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ।

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मङ्गलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

मौसम विभागका अनुसार चक्रवातले दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्दा प्रतिघण्टा १०० देखि ११० किलोमिटर र अधिकतम १२० किलोमिटरसम्मको गतिमा हावा चल्न सक्छ। आँधी नेल्लोर र नरसापुरबीच, ओङ्गोल सहरनजिकै तटमा प्रवेश गर्ने अनुमान गरिएको छ।

मुरासु अघिल्लो चक्रवातभन्दा कमजोर हुने अपेक्षा गरिए पनि यसले पहिले नै प्रभावित क्षेत्रमा थप भारी वर्षा गराउन सक्ने जनाइएको छ। गत बुधबार आएको ‘अर्नब’ चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षा गराउँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो।

मौसम विभागले तीव्र हावाले कमजोर घरमा क्षति पु¥याउन, छाना उडाउन र रूख ढाल्न सक्ने चेतावनी दिएको छ। यसबाट खेतमा रहेका बाली, फलफूलका बगैँचा तथा अन्य कृषि उत्पादनमा समेत क्षति पुग्न सक्छ।

बङ्गालको खाडी र उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवात नियमित जोखिमका रूपमा रहने गरेका छन्। उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई हरिकेन र प्रशान्त महासागरमा टाइफुन भनिन्छ। एएफपीका अनुसार पछिल्लो चक्रवातको प्रभावबाट भारतको पूर्वी तटीय क्षेत्रका बासिन्दा फेरि प्रभावित हुन सक्ने देखिएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ३ : २६ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी