३ पुस २०८२, बिहिबार | December 18, 2025

कक्षा ११ र १२ को परीक्षा स्थगित



काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ ।

बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तथा रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा अन्योल भइरहेको बेलामा बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ र ११ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापेर परीक्षा सञ्चालनको तयारी अवस्थामा रहे पनि ढुवानी गरेर जिल्ला जिल्ला पुर्‍याउन भने बाँकी थियो । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने परीक्षामा कक्षा ११ र १२ मा गरी कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए ।

त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।
बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने भन्दै घर मै बसेर परीक्षाको तयारीमा लाग्न आग्रह गरेको छ ।

बोर्डका सदस्य–सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीका लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ५८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको