७ आश्विन २०८३, बुधबार | September 23, 2026

बेलायतमा तीन पूर्वगोर्खासहित पाँच नेपालीको मृत्यु



लण्डन । बेलायतमा तीनसाताको अन्तरालमा पाँच जना नेपालीको निधन भएको छ ।

बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या पाँच पुगेको हो । विगत केही दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।

सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए । ज्वरो, खोकी लगायतका लक्षणहरु देखिन थालेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आइसोलेसनमा बसेका थिए ।

बुधबार ३ बजेतिर गाह्रो भएपछि आफै एम्बुलेन्स बोलाएर अस्पताल गएका उनलाई साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए ।

आजै लण्डनमा नेपालबाट परिवारका सदस्यलाई भेट्न आएका एकजना बृद्धको मृत्यु भएको छ । उनको मृत्युबारे परिवारले विवरण खुलाउन चाहेन ।

मंगलबार मात्रै कोरोना भाइरस संक्रमणका कारण लन्डन बस्ने भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको थियो । उनको मंगलबार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् ।

५९ वर्षीय गुरुङ पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्लीमा श्रीमती गंगादेवीसंग बस्दै आएका थिए ।

निरन्तर रुघाखोकी, ज्वरो आएपछि ६ दिनजति सेल्फ आइसोलेसनमा घरमा बसेका उनी गत १ अप्रिलमा एम्बुलेन्स बोलाएर अस्पताल गएका थिए । उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

यसअगाडि बेलायतको साउथ इस्ट प्लमस्टेटमा बसोबास गर्दै आएका ४० बर्षका प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अर्यालको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनी झण्डै ३ साता अगाडि नेपालबाट बेलायत आएका थिए । नेपालबाट बेलायत आएको केहीदिनमा नै उनमा ज्वरो र खोकी लगायतका लक्षण देखा परेका थिए । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।

बेलायतमा कोरोना संक्रमणबाट पहिलो नेपालीको मृत्यु भने मार्चको तेश्रो साता भएको हो । पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको थियो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई लण्डनको साउथ ह्यारोमा बस्दै राईको मृत्यु लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भएको थियो । मृतक पछिल्लो एक महिनादेखि निमोनियाबाट थलिएका थिए ।

झण्डै २ दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए । पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो ।

निमोनियाको उपचारका लागि करिब तीन साता अस्पताल बसेका उनलाई कोरोनाको महामारी बढ्दै जाँदा अस्पतालले घर पठाइदिएको थियो ।

अस्पतालबाट घर फर्किएको तीनचार दिनमा फेरि सिकिस्त भएपछि अस्पताल पुर्याएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : २० बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक