३२ असार २०८३, बिहिबार | July 16, 2026

सुनसरीको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा, स्थानीय पनि आउजाउ गर्न नपाउने



सुनसरी । भारतमा (कोभिड १९) कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको भन्दै सुनसरीको सीमा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलो मिटर क्षेत्रमा अहिले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले १० वटा बोर्डर आउट पोस्ट (बेस क्याम्प) खडा गरेको छ ।

सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण ढकालले दिएको जानकारीअनुसार पछिल्लो समय भारतसँग सीमा जोडिएका गाउँपालिकाहरू कोसी गाउँपालिकामा ४ वटा, हरी नगर गाउँपालिकामा २ वटा, बर्जु गाउँपालिकामा २ वटा, भोक्राहानर्सिंह गाउँपालिकामा १ वटा र देवानगञ्ज गाउँपालिकामा १ वटा गरी १० वटा बोर्डर आउट पोस्ट (बेस क्याम्प) खडा गरिएको छ ।

यसैगरी सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रका साबिक ९ वटा नाका बाहेक अन्य ५५ वटा नाकाको पहिचान गरी सशस्त्र प्रहरी पोस्ट पनि थप गरिएको छ । भारतबाट कोरोना आशङ्का गरिएका र संक्रमित नेपाल प्रवेश गर्न नसकोस् भनेर सीमा क्षेत्रमा सुरक्षा निगरानीमा कडाइ गरिएको एसपी कृष्ण ढकालले जानकारी दिनुभएको छ । अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पैदल, गाडीमा दुवै गस्ती भइरहेको पनि बताएको छ ।

सीमा क्षेत्रमा बसोबास गर्नेहरू वारि पारि आउजाउ गर्ने गर्दथे । केही दिन देखि पुर्णरुपमा सीमा क्षेत्रमा आउजाउ ठप्प पारिएको बताइएको छ । साबिक ९ वटा नाका बाहेक अरू १० वटा बोर्डर आउट पोस्ट (बेस क्याम्प) खडा गरेपछि अहिले सुनसरी जिल्ला बाहिरबाट र सुनसरी जिल्लाकै गरी करिब १ सय ५० भन्दा बढी सशस्त्र प्रहरीको सङ्ख्या थप गरिएको पनि सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले जनाएको छ ।

नेपालमा सीमा क्षेत्रमा कडाइ गरिए पनि भारततिर भने अलि खुकुलो रहेकोमा अहिले भारततर्फ पनि सीमा क्षेत्रमा सुरक्षामा कडाइ हुन थालेको छ । नेपालतर्फ सशस्त्र प्रहरीले स्थापना गरेको बेस क्याम्पको ग्याप रहेको क्षेत्रमा उनीहरूको तर्फबाट पनि बेस क्याम्प खडा गर्न थालेको बताइएको छ ।

तराई र भारतसँग सीमा जोडिएका गाउँहरूमा पनि सरकारले घोषणा गरेको लकडाउनलाई प्रशासनले कडा पारेको भाण्टाबारीका सञ्चारकर्मी मिकाईल आलमले जानकारी दिनुभएको छ ।

उहाका अनुसार कोरोना आशङ्का गरिएकाहरूका लागि भुटाहामा क्वारेन्टाइन निर्माण गरिएको र त्यहाँ अहिले १९ जना क्वारेनटाईनमा राखिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : ५१ बजे

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव