५ पुस २०८२, शनिबार | December 20, 2025

सुनसरीको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा, स्थानीय पनि आउजाउ गर्न नपाउने



सुनसरी । भारतमा (कोभिड १९) कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको भन्दै सुनसरीको सीमा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलो मिटर क्षेत्रमा अहिले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले १० वटा बोर्डर आउट पोस्ट (बेस क्याम्प) खडा गरेको छ ।

सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण ढकालले दिएको जानकारीअनुसार पछिल्लो समय भारतसँग सीमा जोडिएका गाउँपालिकाहरू कोसी गाउँपालिकामा ४ वटा, हरी नगर गाउँपालिकामा २ वटा, बर्जु गाउँपालिकामा २ वटा, भोक्राहानर्सिंह गाउँपालिकामा १ वटा र देवानगञ्ज गाउँपालिकामा १ वटा गरी १० वटा बोर्डर आउट पोस्ट (बेस क्याम्प) खडा गरिएको छ ।

यसैगरी सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रका साबिक ९ वटा नाका बाहेक अन्य ५५ वटा नाकाको पहिचान गरी सशस्त्र प्रहरी पोस्ट पनि थप गरिएको छ । भारतबाट कोरोना आशङ्का गरिएका र संक्रमित नेपाल प्रवेश गर्न नसकोस् भनेर सीमा क्षेत्रमा सुरक्षा निगरानीमा कडाइ गरिएको एसपी कृष्ण ढकालले जानकारी दिनुभएको छ । अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पैदल, गाडीमा दुवै गस्ती भइरहेको पनि बताएको छ ।

सीमा क्षेत्रमा बसोबास गर्नेहरू वारि पारि आउजाउ गर्ने गर्दथे । केही दिन देखि पुर्णरुपमा सीमा क्षेत्रमा आउजाउ ठप्प पारिएको बताइएको छ । साबिक ९ वटा नाका बाहेक अरू १० वटा बोर्डर आउट पोस्ट (बेस क्याम्प) खडा गरेपछि अहिले सुनसरी जिल्ला बाहिरबाट र सुनसरी जिल्लाकै गरी करिब १ सय ५० भन्दा बढी सशस्त्र प्रहरीको सङ्ख्या थप गरिएको पनि सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले जनाएको छ ।

नेपालमा सीमा क्षेत्रमा कडाइ गरिए पनि भारततिर भने अलि खुकुलो रहेकोमा अहिले भारततर्फ पनि सीमा क्षेत्रमा सुरक्षामा कडाइ हुन थालेको छ । नेपालतर्फ सशस्त्र प्रहरीले स्थापना गरेको बेस क्याम्पको ग्याप रहेको क्षेत्रमा उनीहरूको तर्फबाट पनि बेस क्याम्प खडा गर्न थालेको बताइएको छ ।

तराई र भारतसँग सीमा जोडिएका गाउँहरूमा पनि सरकारले घोषणा गरेको लकडाउनलाई प्रशासनले कडा पारेको भाण्टाबारीका सञ्चारकर्मी मिकाईल आलमले जानकारी दिनुभएको छ ।

उहाका अनुसार कोरोना आशङ्का गरिएकाहरूका लागि भुटाहामा क्वारेन्टाइन निर्माण गरिएको र त्यहाँ अहिले १९ जना क्वारेनटाईनमा राखिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको