१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

साउदी राजपरिवारमा कोरोना, १५० जना संक्रमित



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले साउदी अरबको शाही परिवारमा पनि आक्रमण गरेको छ । न्युयोर्क टाईम्सका अनुसार साउदी शाही परिवारका १ सय ५० जना सदस्यमा कोरोना भाईरसको संक्रमण फैलिएको हो ।

साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन भने युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा तयार पारिएको आइसोलेशनमा पुगेका छन ।

अहिले किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु संक्रमित शाही परिवारका सदस्यहरुको उपचारमा खटिएका छन । कोरोनाको उपचारका लागि अस्पतालले थप ५ सय शैयाको ब्यवस्था गरेको छ । देशभरका विशिष्ठ ब्यक्तिहरुको उपचार किंग फैसल स्पेशलिस्ट अस्पतालमा गरिने जनाईएको छ ।

समाचारमा जनाईए अनुसार अस्पतालमा अहिले हाई अलर्ट जारी गरिएको छ । त्यहाँ उपचाररत अन्य सबै विरामीहरुलाई अन्यत्रै सारिएको र राजपरिवारसंग सम्बन्धित ईमर्जेन्सी केशहरुलाई मात्र हेरिने अस्पतालले जानकारी दिएको भारतीय अनलाईन पत्रिका अमर उजालाले जनाएको छ ।

रियाद शहरमा रहेको यो ठूलो र विशेष अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीमा कोरोनाको संक्रमण देखिए अन्यत्रै सरुवा गरिने छ । शाही परिवारका सदस्यहरुको स्वास्थ्यको विशेष ख्याल गर्दै यस्तो निर्णय लिईएको किंग फैसल स्पेशलिस्ट अस्पतालले जनाएको छ ।

साउदी अरबमा कोरोनाका कारण अहिलेसम्म ४४ जनाको मृत्यु भैसकेको छ भने ३ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार ५ सय ७७ जनाको उपचार चलिरहेको छ भने ४१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ५२ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त