१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

साउदी राजपरिवारमा कोरोना, १५० जना संक्रमित



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले साउदी अरबको शाही परिवारमा पनि आक्रमण गरेको छ । न्युयोर्क टाईम्सका अनुसार साउदी शाही परिवारका १ सय ५० जना सदस्यमा कोरोना भाईरसको संक्रमण फैलिएको हो ।

साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन भने युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा तयार पारिएको आइसोलेशनमा पुगेका छन ।

अहिले किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु संक्रमित शाही परिवारका सदस्यहरुको उपचारमा खटिएका छन । कोरोनाको उपचारका लागि अस्पतालले थप ५ सय शैयाको ब्यवस्था गरेको छ । देशभरका विशिष्ठ ब्यक्तिहरुको उपचार किंग फैसल स्पेशलिस्ट अस्पतालमा गरिने जनाईएको छ ।

समाचारमा जनाईए अनुसार अस्पतालमा अहिले हाई अलर्ट जारी गरिएको छ । त्यहाँ उपचाररत अन्य सबै विरामीहरुलाई अन्यत्रै सारिएको र राजपरिवारसंग सम्बन्धित ईमर्जेन्सी केशहरुलाई मात्र हेरिने अस्पतालले जानकारी दिएको भारतीय अनलाईन पत्रिका अमर उजालाले जनाएको छ ।

रियाद शहरमा रहेको यो ठूलो र विशेष अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीमा कोरोनाको संक्रमण देखिए अन्यत्रै सरुवा गरिने छ । शाही परिवारका सदस्यहरुको स्वास्थ्यको विशेष ख्याल गर्दै यस्तो निर्णय लिईएको किंग फैसल स्पेशलिस्ट अस्पतालले जनाएको छ ।

साउदी अरबमा कोरोनाका कारण अहिलेसम्म ४४ जनाको मृत्यु भैसकेको छ भने ३ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार ५ सय ७७ जनाको उपचार चलिरहेको छ भने ४१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ५२ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को