५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलको राहत कोषमा जनप्रतिनिधि र कर्मचारीहरुबाट १२ लाख ५० हजार



बुटवल । बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ता बापत लिने छ महिना बारबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् ।

बुटवलले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुनेछ । उपमहानगरका कुनै पनि जनप्रतिनिधिले तलब सुविधा लिएका छैनन् । उनीहरुका लागि कार्यपालिका बैठकको भत्ता मात्रै उपलव्ध हुँदै आएको छ ।

सोही बापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरको हालै बसेको संकटकालिन (आपतकाल) व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको थियो । बैठक भत्ता बापतको एक लाख ४२ हजार रुपैयाँ हुन आउँछ ।

यसैगरी बुटवल उपमहानगरपालिकाका कर्मचारीहरुले पनि पारिश्रमिकको केही हिस्सा रकम विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गर्ने भएका छन् । उपमहानगरका तीन सय छ जना कर्मचारीहरुले एकमुष्ट ११ लाख दुई हजार नौ सय ३७ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

बुटवलको राहत कोषमा यसअघि ५० लाख रुपैयाँ जम्मा भइसकेको छ । विभिन्न संघसंस्था र नागरिक अगुवाहरुलेसमेत उक्त कोषमा करिब १० लाख रुपैयाँ जम्मा गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक बुटवल खस्यौली शाखामा रहेको उपमहानगरको राहत कोषको खातामा मनकारीहरुले रकम जम्मा गर्नुभएको हो ।

बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारको लगत संकलन गर्दै पहिलो चरणको राहत प्याकेज वितरण गरेको छ ।

लकडाउन सुरु भएपछि दैनिक ज्यालादारीमा जान नपाएका बुटवलका १९ वटा वडाहरुबाट हालै ६ हजार ५ सय श्रमिकका घरपरिवारको लगत संकलन गरिएको थियो । तिनै परिवारलाई पहिलो चरणको राहत प्याकेज वितरण गरिएको बुटवलका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले एक परिवारका लागि तत्कालका लागि १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र १ लिटर तेल राहात स्वरुप वितरण गरिरहेको र सो काममा विभिन्न निजी क्षेत्र र सहयोगीहरुलेसमेत सहकार्य गरेका छन् ।

हरियो तरकारी र खाद्य सामग्रीको अनुगमन जारी
बुटवल उपमहानगरपालिकाले सहरी कृषि कार्यक्रम प्रवद्र्धनलाई नमुना बनाएको छ । नगरमा उत्पादित हरियो तरकारीलाई किसान आफैले नगरका टोलटोलमा लगेर बेचबिखन गर्न पाउने गरि व्यवस्था मिलाएको छ । विभिन्न उत्पादनका लागि अनुदान र सहयोग गरेर उत्पादनमा केन्द्रित गरेको उपमहानगरले तिनै किसानले उत्पादन गरेको सामग्रीको बजारिकरणसमेत गराएको हो ।
स्थाीय उत्पादन भए नभएको, सार्वजनिक गरिएको मूल्य अनुरुप भए नभएको अनुगमन पनि गर्दै आएको छ । यस्तै खाद्य सामग्री बिक्रि वितरण गर्ने यहाँका ठूला खाद्य स्टोर वा पसलहरुले पनि अनुगमन भइरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आफुले बिक्रि गर्ने खाद्य सामाग्रीको विवरण, दर तथा सम्पर्क मोबाइल नम्बर सहितको सूचना प्रचार प्रसार गरि सम्भव भएसम्म घर–घरमा पु¥याउने व्यवस्था मिलाउन उपमहानगरले अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ०८ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान