७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोना भाईरस विरुद्धको सचेतनामा शहरदेखि गाउँसम्म शसस्त्र प्रहरीको गढीमाई बाहिनी



चितवन । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे शहरका टोल टोलदेखि दुर्गम गाउँमा शसस्त्र प्रहरीले सचेतना कार्यक्रम तीव्र पारेको छ ।

शसस्त्र प्रहरी नेपाल अन्र्तगतको वागमती प्रदेशको सशस्त्र प्रहरी बल ३ नम्बर गण गढीमाई बाहिनी मुख्यालय¸ मकवानपुर चितवनले शहरका टोल टोलदेखि दुर्गम गाउँका स्थानीयबासीहरुलाई कोरोना भाईरस (कोभिड–१९) रोकथामका लागि घरबाहिर ननिस्कन आव्हान गर्दै जनचेतनामुलक कार्यक्रम गरेको हो ।

लकडाउनको कार्यान्वयन गराउनुको साथै एरिया डोमिनेशन तथा शंकास्पद स्थानमा चेकिङ्ग गर्नुका साथै लकडाउनका हरेक दिन माईकिङ्ग गरि सर्वसाधारणलाई सचेत गराईरहेको छ ।

गणीमाई मुख्यालय अन्र्तगतको सबै युनिटहरुले कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि गणले अन्य सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र लगायत स्थानीय प्रशासनसंग नियमित र निरन्तर समन्वय र सम्पर्कमा रहि कार्य गरिरहेको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले बताउनुभयो ।
गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्यको नेतृत्वमा वागमती प्रदेश अन्र्तगतका बागमती प्रदेश अन्तर्गत उपत्यका तीन जिल्ला बाहेक दश जिल्लाहरुमा कोरोना नियन्त्रण गर्न प्रत्येक युनिटहरुमा अधिकृतको नेतृत्वमा आपत नियन्यण टोली गठन गरी दैनिक रुपमा कार्य संम्पादन भईरहेको छ ।
यस्तै शसस्त्र प्रहरी अस्पतालबाट खटि आएका चिकित्सकले कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि बिभिन्न युनिटमा सचेतना कक्षा संचालनको साथै सम्पूर्ण युनिटहरुले अडियो माईकिङ्ग¸ पोष्टर पम्प्लेट टाँसी सर्व साधारण जनतालाई सचेतना गराईएको र संघिय सरकारको निर्देशनमा प्रदेश सरकार तथा स्थानीय निकायहरुसंग समन्वयात्मक कार्य सम्पादन गर्दै हेल्थ डेक्स, जनचेतना मुलक कार्यक्रम क्वारेन्टाईन र आईसोलेसन निर्माण गरी सुरक्षा जाँचबुझ गरी स्क्रिनि लगायत कोरोना भाईरस सम्बन्धी रेकर्ड राख्ने गरेको गढीमाई बाहिनी जनाएको छ ।

यस्तै थर्मल टेम्प्रेचर गनको प्रयोग गरी टेम्प्रेचर मापन गर्ने गरेको र रसुवा र सिन्धुचाल्चोक जिल्लामा रहेको अन्तराष्ट्रिय सीमा नाकामा हेल्थडेक्स स्थापना गरी स्वास्थ्य परीक्षण पश्चात मात्र आगमन र प्रस्थान गर्न अनुमति दिईएको उहाले बताउनुभयो ।

बाहिनीमा अस्थाई रुपमा टेन्ट टाँगी ६० बेडको क्वारेन्टिन स्थापना र बाहिनीमा अस्थाई रुपमा टेन्ट टाँगी ६० बेडको क्वारेन्टिन स्थापना गरिएको बाहिनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उहाले आफ्ना युनिटहरुले कोरोनाबारे चोकचोकमा सचेतना कार्यक्रम संगै हात धुने तरिका समेत प्रशिक्षित गराईएको समेत जानकारी गराउनुभयो । ब्रम्हचार्यले विपन्न समुदायको बसोबास रहेको गाउँमा घर–घरै पुगेर कोरोनाबाट बच्न साबुन पानीले हात धुन, बिरामी परेमा तत्काल अस्पताल जान र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरिएको बताउनुभयो । यसरी कोरोना भाईरस विरुद्धको सचेतना अभियान सञ्चालन गरिएपछि सबै ठाउँका स्थानीय हर्षित भएको शसस्त्र प्रहरीले जनाएको छ ।

हेरौँ गढीमाई बाहिनीका १५ काम

विश्वव्यापि रुपमा फैलि रहेको कोरोना भाईरस COVID-19 संक्रमण रोकथाम तथा नियन्त्रण गर्न यस नं. ३ बाहिनी र बागमती प्रदेश अन्तर्गत उपत्यका ३ (तिन) जिल्ला बाहेक १० (दश) जिल्लाहरु जिल्लाहरुमा COVID-19 नियन्त्रण गर्न प्रत्येक युनिटहरुमा अधिकृतको नेतृत्वमा Crisis Response Cell गठन गरी दैनिक रुपमा कार्य संपादन भईरहेको छ ।
नेपाल ए.पि.एफ. अस्पतालबाट खटि आएका चिकित्सकले कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि बिभिन्न युनिटमा सचेतना कक्षा संचालनको साथै सम्पूर्ण युनिटहरुले अडियो माईकिङ्ग¸ पोष्टर पम्प्लेट टाँसी सर्व साधारण जनतालाई सचेतना गराईएको ।

संघिय सरकारको निर्देशनमा प्रदेश सरकार तथा स्थानीय निकायहरुसंग समन्वयात्मक कार्य सम्पादन गर्दै हेल्थ डेक्स, जनचेतना मुलक कार्यक्रम क्वारेन्टाईन र आईसोलेसन निर्माण गरी सुरक्षा जाँचबुझ गरी Screening लगायत कोरोना भाईरस सम्बन्धी रेकर्ड राख्ने गरेको ।

यस बाहिनी लगाएत मातहत युनिटहरुमा आन्तरीक क्वारेन्टिनको निर्माण गरी बिदाबाट हाजिर भएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिने व्यवस्था गरिएको छ ।

हात धुने कार्यक्रम¸ सेनिटाईजर¸ Disinfection Spray गरी संक्रमण हुन नदिन यस बाहिनी तथा मातहत युनिटहरुले आन्तरिक सरसफाईमा बिशेष कार्य गरेको छ ।
सर्बसाधारण जनतहरुमा माक्स वितरण तथा कोरोना भाईरस सम्बन्धी जानकारी दिलाई सचेत गराईएको छ ।
थर्मल टेम्प्रेचर गनको प्रयोग गरी टेम्प्रेचर मापन गर्ने गरेको ।

रसुवा र सिन्धुचाल्चोक जिल्लामा रहेको अन्तराष्ट्रिय सीमा नाकामा हेल्थडेक्स स्थापना गरी स्वास्थ्य परीक्षण पश्चात मात्र आगमन र प्रस्थान गर्न अनुमति दिईएको ।

नेपाल सरकारद्धारा घोषणा गरिएको लकडाउनलाई बिशेष सुरक्षा योजना बनाई नियमित रुपमा चेकजाँच¸ प्रट्रोलिङ्ग¸ भेहिकल गस्ति तथा अन्य डियुटीहरु परीचालन गर्ने गरेको । लकडाउन उल्लघंन गर्नेलाई आवश्यक सम्झाई बुझाई गर्ने र कतिपयलाई आवश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाउने गरिएको ।

लकडाउनको समयमा अत्यावश्यक सेवाका वस्तुहरुको ‌ओसार पसार गर्ने सवारी साधनहरुलाई गन्तव्य सम्म पुग्नलाई सहजिकरण गरिएको ।

यस बाहिनी अन्तर्गत जिल्ला चितवन¸ खैरवनि न.पां. ८ सिविर सुरक्षा वेश भुतियामा रहेको सप्रकहरुलाई नं. 17 गण चितवनमा स्थानान्तरण गरी निकट भविष्यमा आई पर्ने सक्ने चुनौतिलाई सामाना गर्न १०० बेडको क्वारेन्टिन/आईसुलेसन रुम बनाउनको लागि तयारी हालतमा रहेको ।
यस बाहिनीमा अस्थाई रुपमा टेन्ट टाँगी ६० बेडको क्वारेन्टिन स्थापना गरिएको ।

लकडाउनको समयमा परिचालन भएको सप्रकहरुलाई युनिट पत्तिले आवश्यक ब्रिफिङ्गको साथै मानवअधिकारको पुर्ण रुपमा पालना गरी जनताहरुसँग सिष्ट र नम्र भाषाको प्रयोग गर्न निर्देशन दिएको ।

भबिष्यमा आई पर्न सक्ने कोरोना भाईरसको चुनौतिलाई नियन्त्रण गर्न जिल्ला स्थरमा कमाण्ड पोष्ट स्थापना गरी सुरक्षा निकाय स्थानिय निकायहरु सँग सहकार्य गर्दै सशस्त्र प्रहरी बल¸ नेपाल नं. 3 गढीमाई बाहिनी दत्त चित्तको साथ आफ्नो काँधमा आईपर्ने जुन सुकै चुनौतिको पनि सामना गर्न तमतयार रहेको ।

स्थल र हवाईमार्ग हुँदै बिभिन्न देशहरबाट नेपाल आएका ब्यक्तिहरुको Screening, Identification & Continue Surveillance Security प्रदान गर्दै आईरहेको र ति ब्यक्तिहरुको रेकर्ड समेत राख्ने गरेको ।

नं. 3 गढिमाई बाहिनी मातहत १० वटा जिल्लाहरुमा सशस्त्र प्रहरी बल,नेपालद्धारा १२ वटा हेल्थ डेक्स र अन्य निकायहरुसंग आश्यक समन्वय गरी Joint Health desk, साथै दैनिक नियमित रुपमा क्वारेन्टाईन तथा आईसोलेसन डिउटी १०० जना, बिपद् उद्धारकार्यको लागि प्रत्येक युनिटमा ४५ जनाको रिजर्भ टोली र लकडाउन बिशेष सुरक्षा योजना सहित जम्मा २५१० जनाको नफ्रि परिचालन भैरहेको ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : २४ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा