२९ बैशाख २०८१, शनिबार | May 11, 2024

तिलोत्तमामा एसइई तयारीका विद्यार्थीलाई अनलाइन कक्षा



तिलोत्तमा । लकडाउनको कारण विद्यार्थीहरु विद्यालय जान-आउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ ।

एसइईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी नगरपालिकाले शुक्रबारबाट अनलाइन कक्षा सुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो ।
विषयविज्ञ शिक्षकहरुले हरेक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत् विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शान्ति नमूना माविबाट शिक्षकहरुले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत् पढाउने शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो ।

विद्यार्थीले आ-आफ्नो घरबाटैं मोबाइल एप जुम (Zoom), तिलोत्तमा नगरपालिकाको फेसबुक पेज वा युट्युवबाट शिक्षकले पढाएको विषयबस्तुको बारेमा ज्ञान लिन सक्नेछन् । अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तर समेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

अनलाइन कक्षाको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको समयमा सूचनाप्रविधिको माध्यमबाट विद्यार्थीले घरमैं बसेर पाठ्यबस्तु अध्ययनमा सघाउ पुर्याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताउनुभयो । अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले लकडाउनको समयमा विद्यार्थीहरु अनावश्यक रुपमा घरबाहिर निस्कने प्रवृत्तिलाई रोक्न पनि यो केही हदसम्म फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । एपको मिटिङ्ग आईडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ रहेको छ ।
तिलोत्तमाका ५१ वटा सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै २७ सय विद्यार्थी एसइईको तयारीमा छन् ।

कोरोनाको कारण एसइई सुरु हुने दिनको अघिल्लो साँझ सरकारले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगित गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ३९ बजे

नेपाल भारत सीमा अन्तर्गत जमुनाहा नाका आज साँझबाट सिल

नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत

जेठ १ मा संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै

उद्योगी व्यवसायीको मनोबल बढाउनेगरी बजेट ल्याउन व्यवसायीले केपी ओली गुहारे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियहितलाई

कोशीका मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको