५ श्रावण २०८३, मंगलबार | July 21, 2026

तिलोत्तमामा एसइई तयारीका विद्यार्थीलाई अनलाइन कक्षा



तिलोत्तमा । लकडाउनको कारण विद्यार्थीहरु विद्यालय जान-आउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ ।

एसइईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी नगरपालिकाले शुक्रबारबाट अनलाइन कक्षा सुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो ।
विषयविज्ञ शिक्षकहरुले हरेक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत् विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शान्ति नमूना माविबाट शिक्षकहरुले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत् पढाउने शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो ।

विद्यार्थीले आ-आफ्नो घरबाटैं मोबाइल एप जुम (Zoom), तिलोत्तमा नगरपालिकाको फेसबुक पेज वा युट्युवबाट शिक्षकले पढाएको विषयबस्तुको बारेमा ज्ञान लिन सक्नेछन् । अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तर समेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

अनलाइन कक्षाको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको समयमा सूचनाप्रविधिको माध्यमबाट विद्यार्थीले घरमैं बसेर पाठ्यबस्तु अध्ययनमा सघाउ पुर्याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताउनुभयो । अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले लकडाउनको समयमा विद्यार्थीहरु अनावश्यक रुपमा घरबाहिर निस्कने प्रवृत्तिलाई रोक्न पनि यो केही हदसम्म फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । एपको मिटिङ्ग आईडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ रहेको छ ।
तिलोत्तमाका ५१ वटा सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै २७ सय विद्यार्थी एसइईको तयारीमा छन् ।

कोरोनाको कारण एसइई सुरु हुने दिनको अघिल्लो साँझ सरकारले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगित गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ३९ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको