२० श्रावण २०८३, बुधबार | August 5, 2026

जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी



बुटवल । बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरका स्वास्थ्यकर्मीहरुलाई हटलाइन सेवामा खटाएको छ ।

बुटवलमा फिवर क्लिनिक मार्फत चेकजाँच सबै टोलहरुमा सेवा प्रवाह भइरहेको छ भने सचेतनाका कार्यक्रमहरु पनि चलिरहेका छन् ।
उपमहानगरपालिकाका १९ वटा वडाहरुलाई लक्षित गरि सञ्चालनमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा फिवर क्लिनिकका साथै प्राथमिक उपचार सेवालाई अझ प्रभावकारी बनाउने काम भइरहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

जनस्वास्थ्यका क्षेत्र संवेदनशिल हुने भएको बताउँदै प्रमुख सुवेदीले एकातिर राहत वितरण, सचेतनाका कार्यक्रम संगै स्वास्थ्यकर्मीहरुमार्फत जनस्वास्थ्यको सेवा प्रवाहलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताउनुभयो ।

उपमहानरगरका विभिन्न ठाउँका स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई समय तालिका निर्धारण गर्दै हटलाइन सेवामा खटाइएको छ । नगरका स्वास्थ्य केन्द्रहरुमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गरिने छ ।

अहिले फिवर क्लिनिक र प्राथमिक स्वास्थ्यका सेवाहरु प्रवाह गरिएका छन् । यी सेवाका अतिरिक्त अब जुनसुकै समयमा पनि उपलव्ध सेवा लिन सक्नेगरि स्वास्थ्यकर्मीहरुको नाम र सम्पर्क नम्बरसहितको जानकारी पत्र वडा र टोल–टोलमा पठाइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

हृदया अधिकारी, हस्त हितांग, पदमपाणी अर्याल, सन्तोष पन्थी, पुजन ज्ञवाली, डा. राजिव केसी, राजेन्द्र गिरी तथा युवराज पाण्डेय र खिमबहादुर पौडेललाई हटलाईन सेवामा खटाइएको छ । उनीहरु सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा खटिएका छन् ।

उहाहरुको समन्वय र विवरण संकलनको काम उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले गर्नुहुनेछ ।
उहाहरुको सम्पर्क नम्बरहरु उपमहानगरका १९ वटै वडाका सबै टोलहरुमा पु¥याइएको छ । कुनै पनि समस्या परेमा टेलिफोनमा सम्पर्क गरेपछि आवश्यक सेवा प्रवाह गर्नेगरि व्यवस्था मिलाइएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : ०७ बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल