१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

मैदा उद्योगीको प्रदेश स्तरीय समिति गठन, प्रादेशिक अस्पताललाई मास्क र सेनेटाइजर प्रदान



बुटवल । हालै संगठित भएका यस प्रदेशका पिठो उत्पादन गर्ने उद्योगीहरुले गहुँको उत्पादन बढाउन माग गरेका छन् ।

पछिल्ला केही वर्ष यता उत्पादनमा सामान्य बृद्धि भएपनि त्यसले आयात कम गराउन नसकेको बताउँदै उद्योगीहरुले प्रदेशलाई आत्मनिर्भर बनाउने गरि खेतीमा प्रोत्साहनको खाँचो रहेको बताएका छन् ।

यहाँका विभिन्न जिल्लामा रहेको उद्योगीहरुको हालै सम्पन्न भएको भेलाले रुपन्देहीका उद्योगी तथा व्यवसायी श्रीकृष्ण पोखरेलको अध्यक्षतामा पाँच नम्बर प्रदेश स्तरको रुपन्देही फ्लोर मिल एशोसिएशन गठन गरेका हुन् ।

संघमा यस प्रदेशका १७ ठूला मैदा उद्योगहरु आवद्ध रहेका छन् । संघले यहाँका अरु उद्योग र सामाजिक संघ संस्था संग समन्वय गरि उद्योगीहरुको सम्बद्र्धन गर्ने लगायतका उद्देश्य राख्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा दर्ता भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उक्त एशोसिएशनको उपाध्यक्षमा गोविन्दप्रसाद गोयन्का, सचिवमा आनन्द ओझा रहेका छन् । यस्तै कोषाध्यक्षमा अरुण गोयन्का र सदस्यहरुमा सुमन भुसाल, श्रीधर शर्मा र विकास गोयन्का रहेका छन् ।

मैदा उद्योग संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले यस प्रदेशको भैरहवामै राष्ट्रिय स्तरको गहुँको अनुसन्धान केन्द्र रहेकाले पनि सम्भावना धेरै रहेको बताउनुभयो । सिँचाइ सुविधा र यस क्षेत्रको लागि अनुकूल हुने बीजको विकास गरेर प्रदेशका सबै जिल्लाहरुमा गहुँको लोकप्रियता बढाउने पर्ने अध्यक्ष पोखरेलको भनाइ छ ।

नेपालमा पछिल्लो समयमा गहुँको माग बढ्दो क्रममा छ । पीठोजनित उत्पादनका रुपमा रहेको गहुँलाई विभिन्न परिकार बनाएर खाने चलन छ । नेपालीको खानाखाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक रहेको विज्ञहरूले यसअघि नै जोड दिंदै आएका छन् ।

हाल गहुँको उत्पादन १९ लाख मेट्रिक टन छ । नेपालको जनगणना ०६८ अनुसार जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । सो जनसंख्यालाई धान्न धानको उत्पादन ६० लाख मेट्रिक टन आवश्यक पर्ने विज्ञहरुको भनाइ छ ।

आगामी पाँच वर्षमा गहुँको उत्पादन ७२ लाख मेट्रिक टन पु¥याउनुपर्ने विज्ञहरु बताउँछन् । नेपालका लागि अझै प्रतिवर्ष करिब १० लाख मेट्रिक टन धान अपुग रहेको कृषि तथा पशु विकास मन्त्रालयले जनाएको छ । नेपालमा सरकारले १८ जातका गहुँको बिउ सिफारिस गरेको छ । गहुँको कुल उत्पादनमध्ये ७० प्रतिशत तराईका २२ जिल्लामा हुन्छ ।

प्रादेशिक अस्पताललाई मास्क र सेनेटाइजर प्रदान

यसैबीच प्रदेश स्तरको रुपन्देही फ्लोर मिल एशोसिएशनले लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीका लागि आठ हजार थान मास्क र केही सेनेटाइजर प्रदान गरेको छ ।

उपचारमा जोखिम मोल्दै हरदम खटिरहनुपर्ने स्वास्थ्यकर्मीका लागि हौसला बढाउनका लागि सानै भएपनि सहयोग सामग्री प्रदान गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : २६ बजे

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले