१९ आश्विन २०८३, सोमबार | October 5, 2026

चुनौतीलाई अवसरका रुपमा विकास गरौं : उपमहानगरपालिका प्रमुख सुबेदी



बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिबराज सुबेदीले चुनौतिलाई अबसरका रुपमा बिकास सकिने बताउनुभएको छ ।

नयाँ वर्ष २०७७ को शुभकामना सन्देश व्यक्त गर्दै नगरप्रमुख सुबेदीले भन्नुभएको छ, बुटवलबासी आमाबुबा, दाजुभाई, दिदीबहिनीका साथै देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सावधानी, सजगता र ऐक्यवद्धता !

हाम्रो मुलुकसहित विश्व नै अहिले कोरोना भाइरस (कोभिड(१९) को महामारीका विरुद्ध लडिरहेको छ । यस क्रममा बुटवलमा भइरहेको प्रतकिोरोनाको कामलाई सहकार्यका साथ प्रभावकारी बनाइएको छ र अझ प्रभावकारी बनाउने पहल भइरहेको छ ।

यो विषम परिस्थितिमिा घरमैं बसेर सजग, सुरक्षित र सावधान रहनुपर्नेछ । अहिलेसम्म यहाँहरुले देखाउनुभएको सावधानी र सजगताले नै हामीले यहाँ कोारनो विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सकेका हौं ।

पर्यटनको सुरक्षित गन्तव्य बनाउन सक्छौं !

अझ केही समयसम्म हामीले सावधानी र सजगता अपनाउने र अरुलाई पनि सजग बनाउन सकियो भने हामीले बुटवललाई मात्रै होइन, सिंगो देशलाई स्वास्थ्यमा सजग सुरक्षित रहेको तथा पर्यटनको सुरक्षित गन्तव्यका रुपमा स्थापित गर्न सक्छौं ।

अहिलेसम्म हामीकहाँ यो महामारीले कसैको पनि ज्यान लिएको छैन र संक्रमित भएकहरु पनि स्वस्थ् भएर निको हुँन्दै गइरहेको अवस्था छ । हाम्रा अन्तर्रा्ष्ट्रिय खुला सीमानालाई अझै केही समयसम्म बन्द गर्ने र थप सजगताका साथ अझ सुरक्षित राख्नुपर्ने छ । साझा समस्याविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने छ ।

चुनौतिलाई अवसरमा बदल्न सक्छौं !

यो नयाँ वर्षले हामीलाई चुनौतिको सामना गर्न मात्रै होइन त्यसलाई अवसरमा बदल्न सक्ने हिम्मत, आँट र हौसला प्रदान गर्न सकोस् । हाम्रँ बाँझो रहेका खेतबारीमा फसल फलाउन सकियोस् ।

देशविदेशमा सिकेका सीपलाई यहीँ सदुपयोग गर्न सकियोस् र समृद्धि हासिल गर्न सकियोस् । कोरोना विरुद्धको यो लडाइँलाई अब अवसरका रुपमा बदल्दै अगाडि बढ्न सकौं । नयाँ वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना !!
धन्यवाद !
                                                                                                                                              शिवराज सुवेदी
                                                                                                                           (नगर प्रमुख, बुटवल उपमहानगरपालिका बुटवल)

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : १९ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित