७ आश्विन २०८३, बुधबार | September 23, 2026

चुनौतीलाई अवसरका रुपमा विकास गरौं : उपमहानगरपालिका प्रमुख सुबेदी



बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिबराज सुबेदीले चुनौतिलाई अबसरका रुपमा बिकास सकिने बताउनुभएको छ ।

नयाँ वर्ष २०७७ को शुभकामना सन्देश व्यक्त गर्दै नगरप्रमुख सुबेदीले भन्नुभएको छ, बुटवलबासी आमाबुबा, दाजुभाई, दिदीबहिनीका साथै देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सावधानी, सजगता र ऐक्यवद्धता !

हाम्रो मुलुकसहित विश्व नै अहिले कोरोना भाइरस (कोभिड(१९) को महामारीका विरुद्ध लडिरहेको छ । यस क्रममा बुटवलमा भइरहेको प्रतकिोरोनाको कामलाई सहकार्यका साथ प्रभावकारी बनाइएको छ र अझ प्रभावकारी बनाउने पहल भइरहेको छ ।

यो विषम परिस्थितिमिा घरमैं बसेर सजग, सुरक्षित र सावधान रहनुपर्नेछ । अहिलेसम्म यहाँहरुले देखाउनुभएको सावधानी र सजगताले नै हामीले यहाँ कोारनो विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सकेका हौं ।

पर्यटनको सुरक्षित गन्तव्य बनाउन सक्छौं !

अझ केही समयसम्म हामीले सावधानी र सजगता अपनाउने र अरुलाई पनि सजग बनाउन सकियो भने हामीले बुटवललाई मात्रै होइन, सिंगो देशलाई स्वास्थ्यमा सजग सुरक्षित रहेको तथा पर्यटनको सुरक्षित गन्तव्यका रुपमा स्थापित गर्न सक्छौं ।

अहिलेसम्म हामीकहाँ यो महामारीले कसैको पनि ज्यान लिएको छैन र संक्रमित भएकहरु पनि स्वस्थ् भएर निको हुँन्दै गइरहेको अवस्था छ । हाम्रा अन्तर्रा्ष्ट्रिय खुला सीमानालाई अझै केही समयसम्म बन्द गर्ने र थप सजगताका साथ अझ सुरक्षित राख्नुपर्ने छ । साझा समस्याविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने छ ।

चुनौतिलाई अवसरमा बदल्न सक्छौं !

यो नयाँ वर्षले हामीलाई चुनौतिको सामना गर्न मात्रै होइन त्यसलाई अवसरमा बदल्न सक्ने हिम्मत, आँट र हौसला प्रदान गर्न सकोस् । हाम्रँ बाँझो रहेका खेतबारीमा फसल फलाउन सकियोस् ।

देशविदेशमा सिकेका सीपलाई यहीँ सदुपयोग गर्न सकियोस् र समृद्धि हासिल गर्न सकियोस् । कोरोना विरुद्धको यो लडाइँलाई अब अवसरका रुपमा बदल्दै अगाडि बढ्न सकौं । नयाँ वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना !!
धन्यवाद !
                                                                                                                                              शिवराज सुवेदी
                                                                                                                           (नगर प्रमुख, बुटवल उपमहानगरपालिका बुटवल)

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : १९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज