१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पनि पीसीआरपछि मात्रै कोरोना भए वा नभएको पुष्टि हुने



काठमाडौ । सरकारले ५२ जिल्लामा कोरोना भाइरस (कोभिड १९) को परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिनुभयो ।

अहिले पीसीआरबाट देशभरिमा ११ ठाउँमा परीक्षण भइरहेको छ । बाँकी २५ जिल्लामा पनि चाँडै नै परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९ सय ८२ जनाको परीक्षण गरिएको छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड १९ को सङ्क्रमण देखिएको छ । दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य सुरु भइसकेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यसैबीच कोरोनाको द्रूत परीक्षण अर्थात् आरडिटीमा पोजेटिभ आएको बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

काठमाण्डौ पेप्सिकोलाको सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा आरडिटी गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । तर यो टेस्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हुँदैन । पीसीआरपछि मात्र थाहा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार र्‍यापिड टेस्ट किटमार्फत भएको परीक्षणको नतिजालाई नै अन्तिम मान्न सकिँदैन । कोरोना भाइरसको सङ्क्रमण भए वा नभएकोबारे पीसीआर विधिमार्फत गरिने परीक्षण नै निर्णायक हुनेछ ।

कतिपय अवस्थामा र्‍यापिड टेस्ट किटमा नेगेटिभ देखिए पीसीआर विधिमा पोजेटिभ देखिन्छ अनि र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पीसीआरमा नेगेटिभ देखिने सम्भावना पनि रहन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले पनि र्‍यापिड टेस्ट किटमार्फत आएको नतिजालाई निश्चित गर्न पीसीआर विधिमार्फत अनिवार्य परीक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ३४ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त