९ भदौ २०८३, मंगलबार | August 25, 2026

र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पनि पीसीआरपछि मात्रै कोरोना भए वा नभएको पुष्टि हुने



काठमाडौ । सरकारले ५२ जिल्लामा कोरोना भाइरस (कोभिड १९) को परीक्षण सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिनुभयो ।

अहिले पीसीआरबाट देशभरिमा ११ ठाउँमा परीक्षण भइरहेको छ । बाँकी २५ जिल्लामा पनि चाँडै नै परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९ सय ८२ जनाको परीक्षण गरिएको छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड १९ को सङ्क्रमण देखिएको छ । दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य सुरु भइसकेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यसैबीच कोरोनाको द्रूत परीक्षण अर्थात् आरडिटीमा पोजेटिभ आएको बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

काठमाण्डौ पेप्सिकोलाको सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा आरडिटी गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । तर यो टेस्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हुँदैन । पीसीआरपछि मात्र थाहा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार र्‍यापिड टेस्ट किटमार्फत भएको परीक्षणको नतिजालाई नै अन्तिम मान्न सकिँदैन । कोरोना भाइरसको सङ्क्रमण भए वा नभएकोबारे पीसीआर विधिमार्फत गरिने परीक्षण नै निर्णायक हुनेछ ।

कतिपय अवस्थामा र्‍यापिड टेस्ट किटमा नेगेटिभ देखिए पीसीआर विधिमा पोजेटिभ देखिन्छ अनि र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पीसीआरमा नेगेटिभ देखिने सम्भावना पनि रहन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले पनि र्‍यापिड टेस्ट किटमार्फत आएको नतिजालाई निश्चित गर्न पीसीआर विधिमार्फत अनिवार्य परीक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ३४ बजे

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत